Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

उपत्यकामा एकै दिन थपिए ७३७ कोरोना संक्रमित कूलसंख्या पुग्यो १३ हजार ६३३


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित


काठमाडौं । आज काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप ७ सय ३७  कोरोनासंक्रमित फेला परेका छन् ।



आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ संक्रमित थपिएका हुन् ।


यसरी थपिएकामध्ये काठमाडौंमा मात्र ६ सय ५२ संक्रमित  छन् भने ललितपुरमा ६०  र भक्तपुरमा २५ जना संक्रमित देखिएका छन् ।


समग्रमा  काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १३ हजार ६ सय ३३ पुगेको छ ।



यसमध्ये काठमाडौमा ११ हजार २ सय ३५ , ललितपुरमा १ हजार २ सय ८५ जना र भक्तपुरमा २ सय ४३ जना संक्रमित रहेका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif