Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

महाशिलाको गौरव : एकसय आठ गौमुखे ढुंगे धारा


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित

आज भन्दा अढाईसय वर्ष पहिले, जुन बेला श्री स्वामी नारायणले महाशिलामा आई योग(ध्यान गरे, त्यसबेला मुक्ति नाथको मन्दिर बनेकै थिएन।  मुक्ति नाथको मन्दिर उन्नाइशौ शताब्दीको शुरुमा बनेको बताइन्छ।  तर मुक्तिनाथ काली गण्डकीको उद्गम स्थल, योग तपस्याको शिद्धि प्राप्त हुने भूमि,  पवित्र, मुक्ति क्षेत्रको रुपमा सारा भारतवर्ष भरि भने प्रशिद्ध थियो। मुक्ति नाथको मन्दिर निर्माण भए पछि यसको पृष्ट भागमा १०८ गौमुखे ढुंगे धाराले सजाईयो  र अग्र भागमा दुई पवित्र जलकुण्ड निर्माण भए ।  श्रद्धालुहरुले  सिधै हिउँ पग्ली आएको हिउँ समान १०८ गौमुखी ढुंगे जलधारामा स्नान गरेपछि त्यस्तै हिउँ समानका चिसा ती जलकुण्डमा दुबिल्की लगाएर मात्र  नारायण(बुद्ध रुप मिश्रित मानिसको कदको मुक्तिनाथको सुनैसुनको बनाईको स्वर्ण मूर्तिको दर्शन गर्दछन। एकसय आठ गन्तीको हिन्दु संस्कृतिमा मात्र होइन बौद्ध, जैन, शिख, ईस्लाम र पछिल्लो समयमा ईसाईहरु समेतले पनि पवित्र गन्तीको रुपमा मानेको पाईएको छ।  




हाम्रो वैदिक संस्कृतिका प्रख्यात गणितज्ञहरुले १०८ लाई अस्तित्वको सम्पूर्णता मानेका छन् । खगोलीय दृष्टिले  हाम्रोआकाश गंगामा  २७ नक्षेत्रहरु छन् र प्रत्येकसँग ४ दिशा छन् उत्तर, दक्षिण, पूर्व, पश्चिम, ४  तत्व छन्(अग्नि, पृथ्वी, जल, वायु । २७ले ४लाई गुणागर्दाको फल  १०८ हुन्छ । अर्को शब्दमा, संख्या १०८ ले सम्पूर्ण आकाशगंगालाई समेट्छ। हाम्रा बैदिक खगोलशास्त्रीहरुले  पृथ्वी र सूर्यको बीचमा सूर्यको व्यासको  १०८  गुणा यसरीनै पृथ्वी र चन्द्रमाको बीचमा चन्द्रमाको व्यास १०८ गुणा र सूर्यको व्यास पृथ्वीको व्यास भन्दा  १०८ गुणा ठुलो रहेकोले यस अंकको  मानव जीवन र  जगत माथि  प्रत्यक्ष्य प्रभाव रहेको मान्दछन ।  मन्त्र जप्ने मालाको १०८ दाना र थप गुरु एकदाना रहन्छ, यस्तै स्नान, जलअर्पण आदिईत्यादिमा १०८ पटकको ठुलो महत्व राखिएको छ। यसैले १०८ धारामा स्नान गरि गरिएको पुजाआजाबाट निश्चित फल प्राप्ति हुने विश्वास गरिएको छ। प्रायस् हाम्रा मन्दिरहरु  अगाडि १०८  सिढीहरु बनाइने प्रचलनको रहस्य पनि यसै विश्वासमा आधारित हुन् । जापानीहरुले प्रत्येक बर्षको अन्त्यमा, पुरानो वर्षलाई  बिदाई गर्न र नयाँलाई स्वागत गर्न बौद्ध मन्दिरमा १०८ पटक घण्टी बजाउने प्रचलन छ । 


महाशिलाको अग्रभागमा, महाशिला गाउँपालिकाको बिशेष पहलमा, केन्द्रिय सरकार र  गण्डकी प्रदेशको सहयोगमा यहि वर्ष विक्रम संवत २०७७ मा १०८ सुन्दर गौमुखी ढुंगे धाराहरुको निर्माण सम्पन्न कार्यले पवित्र महाशिलाको मात्र होइन महाशिला गाउँ पालिका, पर्वत जिल्ला हुदै समग्र गण्डकी प्रदेशको थप गरिमा वृद्धि भएको छ। यी १०८ जलधाराका स्नान गरि शुद्ध भै पवित्र महाशिलाको परिक्रमा गर्नाले पूर्ण फलप्राप्तिको विश्वास दर्शनार्थीमा भरिने छ। 



सेतिबेणीको चक्र महाशालिग्रामलाई पुजाआजा गर्ने प्रचलन भने मुक्तिनाथको मन्दिर बन्नु भन्दा एकसय वर्ष पहिलै पैयुँका  छैठौ पुस्ताका सेन वंशीय राजा संग्राम सिंहका छोरा, भूप भैरव प्रताप सेनले शुरु गरेका थिए। उनले राति सपनामा साक्षात भगवान बिष्णुको स्वरुपमा सेती वेणीको पवित्र संगमको जलतटमा रहेको शालिग्रामलाई दर्शन पाएकोले बैशाख र माघ दुई महिना स्वयम आफु त्यही शिला नजिक बसी नित्य स्नान र पुजापाठ गरि महिमा बढाएका थिए ।
भारतवर्षका  सुविख्यात समाज सुधारक्, श्री स्वामी नारायणले ज्ञान प्राप्तीको अभिष्टले सात वर्षको उमेरमा गृहत्याग गरेका थिए । उनी सन १७९२(९३ तिर १० वर्षको उमेरमा सेतीबेणी आई पुग्छन । उनलाई महा(शालीग्रामलाई दर्शन र पवित्र सेतीबेणी(तीर्थको स्नान गरे पश्चात महाशिला दर्शन गरी मुक्तिनाथ जानु अझै फलदायी हुने दिब्यज्ञान प्राप्त हुन्छ।  लुँखु उद्गम स्थल रहेको पैयुँखोला हुदै कृष्ण गण्डकीको संगमबाट ९सेती खोला त्रिवेणी माथि आएर ईतिहांसिक पैयुँ खोलाको नामले प्रशिद्ध छिन० पैयुँ खोलाको किनारै(किनार हिंडी उनी महाशिलाको दर्शन गर्न पुग्छन ।

लुँखुु  ढुङ्गैढुँगाको पर्वत नेपालको सर्वाधिक प्राचिन जाति मानिने किराँतहरुको बोलीबाट निस्केको शब्द हो भनिन्छ । 'लुँ' भनेको ढुँगा र 'खुु भनेको पर्वत 'ढुङ्गैढुँगाको पर्वतु। जव किराँतहरु भुटान देखि हिमान्चल प्रदेशसम्म हिमाली क्षेत्रमा निष्कन्टक विचरण गरिहिड्थे । उनीहरुको निमित्त यो ठाउँ प्रिय क्रीडास्थल रहेको अनुमान गर्न सकिन्छ। समग्र गण्डक क्षेत्र ऋषीमुनि र ज्ञानीहरुले शिद्धि प्राप्त गरेको पवित्र भूमिको पौराणिक कथा त सुनिएकै छ। त्यस माथि कृष्ण गण्डकीको जलाधार क्षेत्र, पवित्र सेतीबेणी–सेती खोलाको उद्गम स्थल, किराँतहरुको आराध्य देवता साक्षत शिवजीको अवतार 'महाशिलाुको उत्पत्ति भएको स्थल, द्वापर युगमा पाण्डव कौरवका पूर्वज, राजा दुश्यन्त र रानी शकुन्तलाकी पुत्र महान भरतले सौर्य प्राप्तिका निमित्त तपस्या गरेको 'भरत–तपस्वी गंगाधर गुफाु,  धुम्र ऋषिले आफ्नो तपस्यामा बिघ्न हाल्न आउने राक्षेसलाई मन्त्रबलले बध गरिएको स्थल 'धुंवाकोटुपर्वत, अशंख्य पहरा चट्टान माथि उभिएको अमुल्य जडिबुटी र पशुपंक्षीको बासस्थल चिसापानी(शिखर आदि रहनुले पनि किराँतहरुको यो भूमिसंग विशेष मोह र उनीहरुलेनै ‘लुँखु’ नाम दिएको पुष्टि गर्दछ। 

श्री स्वामीनारायणको बालकमा नाम घनश्याम थियो, उनको जन्म सन् १७८१माआजको भारतको उत्तर परदेश छपैयामा भएको थियो। उनि ‘जाति,धर्म, लिङ्ग्, र वर्ग विभेद रहित सबैका लागि शिक्षा, नारी शिक्षाका कट्टर पक्षपाति’ शिक्षित आमाको अभावमा सुसंस्कृत, सभ्य र सम्पन्न समाजको कल्पना गर्न सकिन्न भन्ने नारी शिक्षाका भारतीय समाजका प्रथम हिमायती थिए । पशु, पंक्षी, बनस्पति समस्त प्रकृतिका पुजारी ‘तिमीले माया दियौ भने ह्रिंसक सम्झेकाले पनि बदलामा प्रेम नै दिनेछन्’ भन्ने विश्वासका धनी।  माहात्मा गान्धीलाई स्वामी नारायणको चिन्तनले प्रेरणा दिएको पनि मानिन्छ। यिनै बालकले १० वर्षको उमेरमा सन १७९१ तिर महाशिला पूर्वी खण्डमा रहेको ओडार (गर्भ गृह्य)मा बसेर एकवर्ष सम्म योग ध्यान गरेका थिए । यस पछि उनि कुश्मा(बाग्लुंग वीचमा पर्ने सहश्र धाराको स्नान गर्दै, गलेश्वर हुदै श्रीमुक्तिनाथ पुगेका थिए । मुक्तिनाथको स्नान दर्शन गरी संसारकै सवैभन्दा गहिरो गल्छी नीलगिरी हिमश्रृखलाको काखमा रुप्से छाँगाको नजिकआई तपास्या गर्न थाले र १३ वर्षको उमेरमा उनले शिद्धिप्राप्त गरे। यस पछि सारा भारतवर्ष भरि मानवीय दिव्य ज्ञानको प्रचार गरे। उनको देहावसान केवल पचास वर्षको उमेरमा, जुन १ , १८३०मा हुन्छ।  उनका लाखौँ अनुयायीहरु आज विश्वभर छन् र उनलाई भगवानको रुपमा बिश्वास गर्छन। श्री स्वामिनारायणको समर्पणमा निर्मित दिल्लीको ुअक्षरधामु आधुनिक भारतमा अतुलनिय दर्शनीय स्थलको रुपमा विकास भएकोछ । जहाँ दैनिक तीस हजार मानिसहरु दर्शनगर्न पुग्छन। संसार भरि स्वामी नारायणका नाममा मन्दिरहरु निर्माण भएका छन् र उनि सर्वाधिक स्तुत्य छन्।



यस्ता दिब्य पुरुषहरुले समेत दर्शन गरि शिद्धि प्राप्त गरेको अलौकिक महिमा भएको महाशिला लामो कालखण्ड ओझेलमा गुमनाम रह्यो।  पछिल्लो दशक, विक्रम संवत २०६५ सालमा जब गाउँलेहरुको सरसल्लाहवाट यस पवित्र शिलाको नित्य पूजा अर्चनाको लागि एकजना स्थानीय तपस्वी श्री पं।रमाकान्त उपाध्यायलाई सामान्य कुटी वनाई राखने काम भयो। पूजाआजामा नियमितता दिन थालियो। क्याम्पसको नाम ‘धुवाँकोट महाशिला’ राखियो।  

स्थानीय तहको पुनर्संरचना हुँदा तत्कालिन लुँखु देउराली, पाखापानी, फलामखानी, बालाकोट, भोक्सिंग, होश्रान्ग्दी तत्कालिन गाविसहरु र कुर्घा गाविसको २ वडा लामे–दुक्तान समेत मिली महाशिला गाउँ पालिका निर्माण हुँदा बिस्तारै महाशिलाको महिमा बढ्न थालेको छ।  नेपाल भ्रमण वर्ष २०७७को अवसरमा मुलुकका एकसय थप पर्यटकीय स्थलमा ‘महाशिला पनि केन्द्र सरकारबाट छनोटमा पर्नुले झन् महत्व बढ्न गएको छ। यस्को आधारभूत विकास र सम्वर्धन(संरक्षणका लागि चारै तिरबाट सकारात्मक दृष्टि प्राप्त हुन थालेको वर्तमान अवस्था छ ।  सारा पर्वत वासी,  खासगरि मोदी नदी दक्षिणका बासिन्दाहरुले काली गण्डकी जलबिधुत ‘ए’ सात किलोमिटर लामो जल सरोवर, महाशालिग्राम, पुर्तिघाट (पुत्रघाट), बिहादी–रानीपानी, भतेरपाटा, ऐतिहासिक पैयुँ दरवारकोट, गोर्ल्यांग चिसापानी, बालाकोट–बालारानी, भरत–तपस्वी गंगाधर गुफा, लामे बौद्ध मन्दिर, दुक्तान बसाह अवतार, सातमुले, फलामखानी, हलोगाडे एक्काने, मोदिबेनी तिर्थस्थल आदिईत्यदिको समग्र विकासको सन्दर्भमा महाशिलालाई केन्द्रमा राखेर एकीकृत बिकासको निमित्त सकारात्मक बहस चलाउन थालिएको सुन्दर पक्षले सबैलाई उर्जा मिलेको छ।  

महाशिलाको प्राकृतिक सुन्दरतालाई कायम राखी १०८ गौमुखे धारा जस्ता थप शृंगारका परिधान थपिदै गए महाशिलाको महिमा बढ्दै जानेछ र धार्मिक, साँस्कृतिक्, प्राकृतिक्, पर्यवरणीय, जैविक मात्र होइन पशु पंक्षी मैत्री बहुआयामिक पर्यटकीय मुटु बनी देशको नमुना गाँउपालिका महाशिला बन्नेछ । श्याँजा नाउँडांडा हुदै कार्किनेटा, घण्टे देउराली, लुँखु देउराली, भोक्सिंग अर्ख–भन्ज्यांग, दरवार डांडा, सेतिबेणी सडक कालो पत्रे बने पछि महाशिलाको आकर्षण निसन्देह अप्रत्यासित बढ्ने छ।

जय महाशिला !

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif