Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

कपिलबस्तुमा लकडाउनका बेला तस्करहरुको बिगबिगी


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित

शहबाज खान

  कपिलवस्तु । हाल देशमा कोरोना रोग दिनप्रतिदिन बढ्दै महामारीको रुपमा फैलिईरहेको हुँदा सरकारले कसरी स्वास्थ्य सेवा गर्ने र नागरिकको जिउज्यान बचाउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको भनेको छ ।    त्यसैको कारण अहिले देशका कैयौं ठाँउमा कतै निषेधज्ञा त कतै लकडाउन गरिएको सर्ब साधारण जनताका लागि रोजी रोटीको असहज अबस्था छ । त्यसैले गर्दा यो बन्द बन्दीको कारणले कपिलवस्तु जिल्लाका जिल्लावासीहरु समेत दुःख भोगि रहेका छन्। तर अर्को तिर यही कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रमा रहेका कतिपय  तस्करहरु मालामाल भइरहेका  छन। उनीहरु उच्च मनोबलका साथ राति राति  वारिबाट पारी र पारीबाट वारि गरि अबैध पैसा कमाउनमा जुटेको खबर छ । सुरक्षाकर्मीहरु कोरोना भाइरसबाट जनतालाई जोगाउनको निम्ति आफ्नो ज्यान जोखिममा राखि जनताको सेवामा जुटेर सीमा सुरक्षा देखि जनतालाई सू–सुचित गर्दै गाऊ गाऊ टोल टोलमा पुगेका छन भने अर्कोतिर तस्करहरु सुरक्षाकर्मीहरुको यो व्यस्तताको मौका छोपी तस्करीमा लागेका छन्।


    अहिले कृष्णनगर सीमा क्षेत्रमा कपड़ा,मटर, रांगा,भैंसी,काजू, औषधि जस्ता सामानहरुको तस्करी चर्कोरुपमा चलिरहेको  र ती सामानहरुमध्ये रांगा,भैसीको कारोबार दिन दिनै बढदै गइरहेको  समाचारमा उल्लेख छ ।कृष्णनगर नगरपालिका वडा नं.८ देवानगढिया र माडा भन्ने गाऊमा डम्पिंग साईड समेत रहेको छ । यो तस्करी कसरी सम्भव.छ भन्ने गम्भीर प्रश्न उठिरहेको छ...?    

सशस्त्र प्रहरी बल, नेपाल नं. २८ गण कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक ध्रुव बहादुर कार्कीका अनुसार नेपाल भारत खुल्ला सिमामा लगभग १.५किलोमीटरको दूरी कायमगरी ३० वटा स्थानमा ५७ वटा पाल राखी दुईटा पालमा सीमाको सम्बेदनसिलता लाई मध्यनजर गर्दै कहि १२ जना त कहि १४ जना जवानहरु बसी सिमा सुरक्षा गर्दै आएका छन। नेपाल सरकारले नेपालभरिमा १०वटा नाका खोलेको छ जस मध्ये एउटा कृष्णनगर नाका रहेको छ ।     

राज्यले बनाएको नीति भित्रै रही हामी सीमा सुरक्षामा खटेका छौं अवैध बांटोबाट निकासी पैठारी गर्ने कोई भेटियों भने कानून बमोजिम कार्यवाही हुन्छ हाम्रो टोलीले यो बिचमा १८ वटा रांगा समातेर भन्सार पठाइएको छ भारत बाट अबैध तरिकाले ल्याई नेपाल भित्राउनेक्रममा समाति भन्सार पठाइएको कुरा उपरीक्षक कार्कीले बताएका छन् । तर पनि तस्करी आँखा छलेर निर्बाध चलेको चलेकै रहेको समाचार छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif