Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

पुष्पलालप्रति गद्धारी गरियो र भनियो पुष्पलाल गद्धार !


२०७७ भाद्र ३१ गते , बुधवार प्रकाशित


टङ्क राई

 पुष्पलाललाई तेत्रो वर्ष गाली गरेकोमा आत्मग्लानि भयो  !

२०३२ सालताका तत्कालीन चौथो महाधिवेशनका कार्यकर्ता साथीहरुको संगतले कम्युनिष्ट विचार दर्शनबाट प्रभावित भएको थिंए यसै बेलादेखि कम्युनिष्ट राजनीतिमा आकर्षित भएको हुँ उबेला धेरै लामो समय चौथो महाधिवेशनको समर्थक भएर बसिनँ तर, पहिलो प्रभाव त्यसैबाट परेको हुँदा त्यसका धेरै कुराहरु पछिसम्म मेरो राजनीतिक यात्रामा विराशतका रुपमा कायम रहे बेला मलाई कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव भन्ने थाहा नै थिएन संस्थापक सम्मान गर्ने नामका रुपमा होइन गद्धारका रुपमा पुष्पलाललाई पहिलो चोटी मैले चिनेको हो, थाहा पाएको हो कांग्रेसको पुच्छर हो, कांग्रेस चाही देशघाती पार्टी हो भन्नेमा मलाई पूर्ण विश्वस्त बनाइएको थियो

पूर्वबाट आँधी हुरी जस्तै फैलदै गएको झापा आन्दोलनको राप, भारतमा भइरहेको नक्सलवादी आन्दोलनको प्रभाव हामी धेरै त्यसबेलाका आलाकाँचा केटाहरुमा नपर्ने सम्भावना नै थिएन क्रमशः हामी केही केटाहरु त्यता तानिन थाल्यौं नख्खु जेल ब्रेकको कथा हामीलाई रोमाञ्चक लाग्न थाल्यो त्यसका नायक सी. पी. मैनाली दन्त्यकथाको कुनै चमत्कारी बहादुर राजकुमार जस्ता हाम्रा आदर्श पात्र बन्दै गए उनका बारेमा धेरै थरी कथाहरु (कति यथार्थ, कति काल्पनिक) बन्न थाले त्यस्ता कथाहरुले हामीलाई अझ उत्साहित बनाउदै लगे क्रमशः हामी नक्सलवादी आन्दोलन, चारु मजुमदार, झापा आन्दोलन, सीपी मैनालीका जोडदार समर्थक हुँदै गयौं अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट कोअर्डिनेसन केन्द्र (माले) अर्थात कोके बनेपछि हामी त्यसको सम्पर्कमा नै नभए पनि त्यसका समर्थक बन्यौं २०३५ सालमा नेकपा (माले) बनेपछि भने विधिवत रुपमा सम्पर्कमा रहेर पार्टीमा संगठित हुँदै राजनीतिमा सक्रिय हुन थालियो उबेला हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओविचारधारा, चारुमजुमदार लाइन थियो वर्ग शत्रु खतम हाम्रो कार्यनीति थियो एक एरिया, एक युनिट, एक स्क्वायड एक एक्सन भन्ने कार्ययोजना थियो यसरी देशभित्रै बसेर वर्गशत्रुको सफाया गरी नयाँ जनवाद स्थापना गर्ने सपना देखेका युवाहरुका बीचमा पुष्पलाल भगौडा, धोखेबाज गद्धार थिए उनी कांग्रेसका पुच्छर थिए भारतमा बस्छन्, क्रान्तिका गफ गर्छन्, उनी दक्षिणपंथी संशोधनवादीका नाइके हुन् भन्ने हामीलाई भित्रैदेखि लागेको थियो तेसो हामी माले बाहेक कसैलाई पनि क्रान्तिकारी मान्दै मान्दैनथ्यौं सबैलाई दक्षिणपंथी संशोधनवादी नै देख्थ्यौं हाम्रोबीचमा एउटा लोकपृय गीत नै थियो – 

'विपि एउटा भारतको घोडा हो,
लेण्डुपेको असली जोडा हो
भन्छ पुष्पलाल
नेपाली कांग्रेसको नम्बर एक दलाल' 


त्यसबेला हामीलाई पुष्पलाल पढ्नु पर्छ भन्ने लाग्दै लागेन हुन हामीले पुष्पलाल पढेको भए हामी पनि गद्धारको समर्थक गनिन सक्ने पार्टी कारबाही हुने जमाना थियो त्यो विस्तारै नेकपा (माले) भित्र विवादहरु जन्मिन थाले वर्गशत्रु खतम लाइनका बारेमा प्रश्न उठ्न थाले भारतमा चारुको निधनपछि पार्टीमा चर्को विभाजन भयो नक्सलवादी आन्दोलन आफ्नो अन्तिम रक्षा समेत गर्न नसक्ने गरी धराशायी हुँदै गयो यो सन्दर्भमा हामी अलि बढी अध्ययन गर्नु पर्छ भन्ने ठाउँमा आइपुग्यौं तर, त्यो बेला चाहेर पनि हामीले धेरै सामग्रीहरु पुष्पलाल बारे पाउन सकेनौं उनका राजनीतिक लेख रचना प्राप्त गर्न सकेनौं उबेला बनारसबाट निस्केका , अंक नेपालपत्रमा पुष्पलालका केही रचनाहरु पढ्ने अवशर मात्र पाइयो उनको संयुक्त जनआन्दोलनबारेका रचनाहरु हामीले पढ्नै पाएनौं तर, त्यसबेला नेपालपत्रमा निस्केको पुष्पलालको नेपालको मातृसत्ताको विश्लेषण गरिएको अंकमा प्रकाशित इतिहास सम्बन्धि लेखले भने मलाई अति धेर प्रभावित बनायो यसपछि मात्र पुष्पलालप्रति मेरो धारणामा परिवर्तन आउन थाल्यो उनीप्रति सकारात्मक हुँदै गए यी लेखले उनका अन्य लेख रचनाहरु पढ्नै पर्छ भन्ने निचोडमा पुगें पुष्पलालको मृत्युपछि ०३६ सालको संयुक्त जनआन्दोलन उनकै बिचारका आधारमा भयो पञ्चायती व्यवस्थाको अन्त्य भएपछि भने मलाई पुष्पलाललाई तेत्रो वर्ष गाली गरेकोमा आत्मग्लानी जस्तो लाग्न थाल्यो उनीप्रति श्रद्धा जाग्न थाल्यो विस्तारै उनका अरु रचनाहरु पढन थालियो त्यसपछि पुष्पलालका बिचारहरु सही रहेछन् भन्ने निश्कर्षमा पुगियो

उनका धेरै रचनाहरु भने पुष्पलाल प्रतिष्ठान बनेर त्यसले प्रकाशित गरेपछि मात्रै पढ्न पाइयो यी सबै रचना पढेपछि एमाले बनेपछि भने पुष्पलाल हाम्रा पुरै आदरका पात्र बने आज आएर विगतलाई फर्केर हेर्दा उनलाई गरिएका गालि आफैलाई आश्चर्य लाग्छ अन्तमा पुष्पलाल सही विचार दृष्टिकोण भएका एकजना दुरदर्शी नेता हुन् भन्नेमा आज कसैलाई द्विविधा छैन तर, व्यवहारिक राजनीतिमा, राजनीतिका घिनलाग्दा दाउपेचमा पुष्पलालप्रति गद्धारी गरियो भनियो पुष्पलाल गद्धार ! समकालीन राजनीतिका शिखर पुरुष पुष्पलालप्रति इतिहासमा न्याय नगरिएका थुप्रै प्रसंग घटनाहरु छन् त्यसको समिक्षा गरेर पुष्पलाललाई साँचो अर्थमा बुझेर मात्र नेपाली कम्युनिष्ट आन्दोलन अघि जान सक्छ यो नै पुष्पलालप्रतिको साँचो श्रद्धाञ्जली पनि हुनेछ  

नेपाल कम्युनिष्ट पार्टीका एकजना पूर्ब नेता राईको यो महत्वपूर्णअनुभूति  हामीले राईको ७ साउन २०७२   ब्लगबाट लिएका हौं Top of Form

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif