Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

भब्यताकासाथ नेकपाको जन्म दिन १५ सेप्टेम्बरको भर्च्यूअल बैठक सम्पन्न, क्रान्तिकारी शक्तिहरुको एकतामा जोड


२०७७ भाद्र ३० गते , मंगलवार प्रकाशित


नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस १५ सेप्टेम्बर एक भर्च्यूअल भेलामार्फत भब्यताकासाथ मनाइएको छ । कार्यक्रमको अध्यक्षता गर्दै पार्टीका सह—संयोजक लोकनारायण सुबेदीले जनता र देशलाई धरापमा पारेर सत्तामा रजाई गर्ने कुनै पनि शक्तिले देशलाई सही दिशा र गति दिन सक्तैन, नेपालको अहिलेको अबाञ्छित स्थितिले त्यही कुरा प्रष्ट पारिरहेको औंल्याउँदै त्यस्तो स्थितिमा देशमा बाह्य हस्तक्षेप, दबाब र भ्रष्टाचार, कमिशनखोरी बढ्ने र जनता र देश अझ ठूलो संकट र समस्याको भुँवरीमा पर्ने बाहेक अरु केही हुँदैन भन्ने  खुलस्त पारेका थिए ।  

यस्तो अबस्थामा देशमा सचेत क्रान्तिकारी शक्ति, समूह, ब्यक्ति जो सुकै पनि एकजुट भएर स्थितिको सामना गर्न जनतालई स्वाधिनता, स्वतन्त्रता, जनतन्त्रको सुरक्षा, शान्ति र समृद्धिको दिशामा नेतृत्व प्रदान गरी सामन्ती, दलाल नोकरशाही जन बिरोधी ब्यवस्थाकै अन्त्य गर्न अग्रसर हुनु बाहेक अरु बिकल्प छैन भन्ने औंल्याए थिए । यसका लागि कमरेड पुष्पलालले अघि सारेको बामपन्थी एकता, संयुक्त मोर्चा र संयुक्त जन आन्दोलन जस्ता कारगर र महत्वपूर्ण सिद्ध क्रान्तिकारी बिचारका वरीपरी गोलबन्द हुनुको कुनै बिकल्प नभएको   कुरा  उनले  औंल्याएका थिए । 
 
कार्यक्रममा बोल्दै सचिवालय सदस्यहरु रामबहादुर भण्डारी, शरण बिक्रम मल्ल, भिमप्रसाद  सेढाई ,रत्नप्रसाद जोशी, रामदुलार महतो, सीता सुबेदी र डा. मिश्री मण्डहरुले सरकारको भ्रष्टाचार, कमिशनखोरी, जनता र राष्ट्रमाथिको खेलबाड र गैरजिम्मेवारी तथा राष्ट्रघाती एमसीसी सम्झौता, भारतीय अतिक्रमण र हस्तक्षेपका समस्या लगायत जनता र राष्ट्रका जल्दा बल्दा समस्यालाई लिएर नेपाली जनतालाई एकजुट पार्ने र सशक्त आन्दोलन उठाउने बाहेक अरु कुनै बाटै छैन भन्ने प्रष्ट पारेका थिए ।


त्यसैगरी राष्ट्रिय सम्मेलन तयारी समितिका सदस्यहरु नरेन्द्र बहादुर तण्डुकार, दमन कटुवाल, धर्मेन्द्र चौधरी, देबीप्रसाद आचार्य ,प्रबीण जोशी, बिपत्ती मण्डल, सत्यनारायण मुखिया तथा बिद्यार्थी नेताहरु मनिश भटराई, शहबाज खान, महादेब महराहरुले पनि दलित र महिलाहरुमाथि भइरहेका अत्याचार, हत्या हिंसा, शिक्षा र स्वास्थमा भएका भ्रष्टाचार, कमिशनखोरी, लगायत शैक्षिक क्षेत्रको अस्तब्यस्ताका बिरुद्ध संघर्ष गर्नुको कुनै बिकल्प नभएको औल्याएका थिए । 

कार्यक्रममा यस ऐतिहासिक दिनमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेर सप्तरीका  शिक्षक तथा कानुन ब्यवसायी सागर बीर कडारीले पुष्पलालको क्रान्तिकारी नीतिको रक्षा र बिकासबाट मात्र देश र जनताले भोगिरहेका याबत समस्या हल हुने देखेर आफु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताउँदै पार्टीमा अनुशासनबद्धरुपमा रहेर देश र जनताको सेवामा निरन्तर समर्पित हुने बताएका थिए ।

त्यसैगरी गोर्खाबाट समेत पत्रकार शंकर थापा पनि पुष्पलालको सही नीति र बिचार बोकेको नेकपमा प्रबेश गरेर देश र जनताको सेवामा लाग्ने अठोट गरेको र समर्पित भएर लागेको घोषणा गरेका थिए ।

त्यसैगरी बिपत्ती मण्डल र सत्यनारायण मुखियाको सक्रियतामा जनकपुर नगरपालिका वडा नं १७ र ३० का तीनजना मजदुर कमरेडरु   पनि नेकपमा प्रवेश गरेका थिए ।  

कार्यक्रममा पार्टीका सल्लाहकार कृषिबिज्ञ गोपाल पोखरेल तथा पूर्ब न्यायाधीश काशीनाथ पोखरेल र उदयपुरका पार्टीनेता तोया अधिकारी एबं सिन्धुलीका कमरेड एकलाल श्रेष्ठ पनि उपस्थित भएर  पार्टीलाई सही दिशामा अघि बाढउन १५ सेप्टेम्बरले प्रेरणा देओस् भन्ने शुभ कामना दिएका थिए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif