Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

उपभोक्तालाई दुषित पानी : बहादुरगन्ज खानेपानी संस्थानको बदमासी


२०७७ भाद्र ३० गते , मंगलवार प्रकाशित

शहबाज खान

कपिलवस्तु । नेपाल खानेपानी संस्थान बहादुरगन्जले  वितरण गरेको पानी खाने योग्य देखिएको छैन  । सरकारले स्वस्थ खानेपानी उपलब्ध गराउन 'पानीको स्रोत मुहानदेखि मुखसम्म स्वस्थ र स्वच्छ खानेपानी’ को नीति अवलम्बन गरेको छ। तर, बहादुरगन्ज, दयानगर र डबरावासीका लागि यो नीति व्यवहारमा लागू हुनसकेको छैन। लगभग  एक हप्ता दिनदेखि धारामा फोहोर  मिसिएको धमिलो पानी आइरहेको आमउपभोक्ताको भनाइ रहेको छ । दूषित पानी खानाले हुन सक्ने सम्भावित झाडापखाला र हैजा लगायतका रोगबाट बाच्न केहीले त हैन्डपाइपको पानी लिन अर्काको घरमा  पुग्ने गरेका छन् भने धेरैले त्यही दूषित पानी खाने गरेका छन् । 



यस बिषयमा बुझ्न् खोज्दा सो वितरण केन्द्रका इन्चार्ज दिनानाथ रजकले केही दिन देखि दूषित पानी वितरण भएको स्वीकार गरे । उनले भने — सडक बिस्तार हुने क्रममा   ठाउँठाउँमा पाइपलाइन काटिएपछि नयाँ पाइप लाइन बिस्तार गरिएको र अझै नयाँ पाइप लाइन बिस्तार गर्ने  क्रममै छौ । नयाँ पाइप लगाइए पनि जहाँ  नयाँ बिछ्याउन सकिए छैन त्यहाँ पुरानो पाइप लाइनमा जोडिएकोले त्यस्तो हुनपुगेको हो । उनले त्यो स्थिति एकदुई दिन मै सुधार गर्ने समेत  बताएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif