Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि, थप १५ जनासँगै कोरोनाले ज्यान गुमाउनेको कूल संख्या३६०


२०७७ भाद्र २९ गते , सोमवार प्रकाशित


काठमाडौं । आज काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ताले बताए  अनुसार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जना गरी जम्मा ५१२ जना संक्रमित थपिएका छन् ।

हिजो काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जना गरी जम्मा ५९७ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५२ हजार ३२९ पुगेको छ ।

नेपालभरीमा हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोना संक्रमणमुक्त भएका र योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३९ हजार ५७६ पुगेको पनि बताइएको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ ४५ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।  

/पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३६० पुगेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif