Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

प्रगतिबादी महिला साहित्यकार चन्द्रा थामीको निधन


२०७७ भाद्र २८ गते , आईतवार प्रकाशित

काठमाडौँ । प्रगतिवादी साहित्यकार चन्द्रा थामीको निधन आज अपरान्ह निधन भएको छ ।


पित्तथैलीको अप्रेसन गर्न भदौ १७ गतेदेखि मेडिसिटी अस्पतालमा भर्ना भएकी थानीको आज भाद्र २८ गते अपरान्ह ४ बजे निधन भएको हो ।


२०१७ चैत्र १६ गते सुर्खेतमा जन्मिएकी थानी अखिल नेपाल जनसाँस्कृतिक महासंघको सचिवालय सदस्य, इच्छुक, साँस्कृतिक प्रतिष्ठानकी कार्यकारी सदस्य, अनेमसंघ(क्रान्तिकारी) की केन्द्रीय सहसचिव लगायतका विभिन्न जिम्मेवारी पुरा गर्दै आएकी थिइन् ।


 थामी माओवादी हुँदै नेकपा(क्रान्तिकारी) को कर्णाली प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।


स्व. थानीको अन्त्यष्टि पशुपति आर्यघाटमा गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले कम्युनिष्ट पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली मन्तव्य दिएका थिए ।

उनको अन्त्येष्टिमा सो पार्टीका स्थायी समिति सदस्य रामसिंह श्रीश, पोलिटब्यूरो सदस्य दिनेश शर्मा, पवनमान श्रेष्ठ सहित नेताहरु दिपक शाही शारदा महत, ईश्वर तिमिल्सिना, बसन्ता बोगटी, धनबहादुर पन्त, बन्धुदेव पाण्डे लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेपालपत्र परिबार उनको दिबंगत थानीलाई श्रद्धाञ्जली दिन्छ र शोक सन्तप्त परिबारमा समबेदना प्रकट गर्दछ ।

 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif