Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सम्झौता


२०७७ भाद्र २८ गते , आईतवार प्रकाशित

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिन्धुलीको कमलामाई नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा आईतबार सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नगरलालिकाले नगर क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ । 

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताए । नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसंग सम्बन्धित लक्ष्य प्राप्त गर्नकोलागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौ वटा शिर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको जानकारी दिए । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif