Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

नयाँपाटी साकोसले ऋण तिर्ने म्याद ६ महिना थप्यो


२०७७ भाद्र २८ गते , आईतवार प्रकाशित

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाले ऋणको भाका ६ महिना थप गर्ने भएको छ । कोरोना महामारीका कारण सदस्यहरुको व्यापार व्यवसाय प्रभावित भएको अवस्थामा उनीहरुलाई ऋणको भुक्तानी गर्न सहज होओस् भन्ने उद्देश्यले म्याद थप गरिएको अध्यक्ष विजय कुमार श्रेष्ठले जानकारी दिए । 

सदस्यहरुलाई थप गरिएको अवधिको कुनै पनि शुल्क नलिइने निर्णय गरिएको उनले बताए । त्यसैगरी संस्थाले यस आर्थिक वर्षबाट लागु गरिएको परिमार्जित व्याजदरमा नै ऋण सुविधा उपलब्ध गराउने भएको छ भने ऋणमा पाकेको ब्याज मात्र बुझाएपनि अशोज मसान्तसम्म हर्जानामा पनि छुट दिने उनले बताए ।  

संस्थाले अधिकांश ऋणको ब्याजदर १ प्रतिशतले घटाएको छ । संस्थाले लघुवित्त समुहमा बाहेक अन्य सबै प्रकृतिका ऋणमा १४ प्रतिशत भन्दा माथि ब्याज नतोकेको अध्यक्ष श्रेष्ठले जनाए । संस्थाले लघुवित्तमा बिना धितो ऋण प्रवाह गर्ने भएकाले १५ प्रतिशतमा ऋण दिने गरेको छ । संस्थाले व्यापार व्यवसायमा १२ प्रतिशत, सवारीसाधन खरिद र वैदेशिक रोजगारमा १४ प्रतिशत, शैक्षिक एवं घरायसी ऋणमा १३ प्रतिशत ब्याजदर कायम गरेको छ । 

संस्थाले कृषि ऋणमा विगतमा ९ प्रतिशत ब्याजदर तोकेको भएपनि यस आवमा ८ प्रतिशतमा नै ऋण दिने भएको छ । संस्थाले प्रतिव्यक्ति १५ लाख र समुहमा ३० लाख गरी यस आवमा २ करोड ५० लाख कृषि क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ । त्यसैगरी पर्यटन क्षेत्रको विकासका लागि ११ प्रतिशत व्याजदरमा प्रतिव्यक्ति १५ लाख सम्म १ करोड ५० लाख र प्राविधिक शिक्षा अध्ययनका लागि पनि ११ प्रतिशत व्याजदरमा नै प्रतिव्यक्ति ५ लाखसम्म १ करोड रुपैया लगानी गर्ने योजना अघि सारेको छ । 

संस्थाले चालु आवमा ७९ करोड ५८ लाख कुल लगानी गर्ने योजना बनाएको छ । संस्थाले यस आवमा ७६ करोड ९५ लाख र शेयर पूँजी १२ करोड ९५ लाख ९१ हजार पुर्‍याई कुल वासलात १ अर्ब ८ करोड पुर्‍याउने भएको छ। 

गत असार मसान्तसम्म संस्थाको शेयर पूँजी १० करोड ५० लाख ३८ हजार, बचत ६६ करोड ६४ लाख ७६ हजार र लगानी ६४ करोड ९२ लाख ९६ हजार रहेको छ । 

संस्थाले ऋण लगानी गर्दा हुनुपर्ने न्यूनतम शेयर पूँजीको मात्रालाई समेत हटाएको छ । विगतमा १७ हजार ५०० शेयर पूँजी हुने सदस्यले ३ लाखसम्म ऋण लिन पाउँथे । त्यसैगरी २० लाख सम्म ऋण लिनका लागि ५ प्रतिशत र सो भन्दा माथिका लागि पनि सोही मात्रामा शेयर पूँजी राख्नुपर्ने व्यवस्था रहेको थियो । सदस्यको सल्लाहसुझाव मनन गरी उक्त व्यवस्थालाई परिमार्जन गरिएको संस्थाले जनाएको छ । 

संस्थाले पछिल्लो समयको निषेधाज्ञा खुकुलो भएसँगै नियमित रुपमा कार्यालय सञ्चालन गरि आफ्ना सदस्यहरुलाई सहज र सरल रुपमा वित्तीय तथा अन्य सुविधा प्रदान गर्दै आएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif