Saturday, 24 October, 2020    |    २०७७ कार्तीक ८ गते , शनिवार

वडा अध्यक्ष तिवारीको अथक प्रयासले फुलिकामा पक्की पुल


२०७७ भाद्र २८ गते , आईतवार प्रकाशित

   
सुरेश कुमार पांडेय     कपिलवस्तु । यस जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ को फुलिका गाउँमा स्थित मर्थी नदीमा पक्की पुल बन्ने निश्चित भएको छ । दशकौ देिख सो ठाउमा काठे पुल मात्र हुदा यातायातको समस्या रहेको छ। प्रदेश नं.५ को बजेटबाट निर्माण हुने सो पुलको सम्बन्धमाहालै बोलपत्र आव्हान भइसकेको छ । चार करोडको लागतमा निर्माण हुने सो पुलमा दुइतर्फी सवारी साधन आवत जावत गर्न सक्ने छ्न। सो पुल त्यस क्षेत्रका जनताका लागि बरदान साबित हुने बताइदै छ । 



पुल निर्माण पश्चात कपिलवस्तुका सो क्षेत्रका जनताको लागि सदरमुकाम तौलिहवा आवागमन सहज भै बगदी फुलिकका मैनिहवा सडकको आवत जाबत बढ्ने छ। सो पुल निर्माणमा वडा नं. ३ का वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अथक प्रयास र प्रदेश सांसद विष्णु पन्थीको सकृयतामा बजेटमा प्राथमिकता पाई निर्माण हुन लागेको छ। सो काठे पुलले गर्दा वर्षातको समयमा पुरै बाटो नै अवरुद्ध हुने गरेको र आम जनताले दुःख खेप्दै आउनु परेको छ। यो पुलले यस भेगका जनतालाई यातायातमा अति नै सहयोगी हुने कुरा वडा अध्यक्ष तिवारीले बताएका छन । यस वडा अन्तर्गत बडकी खैराटीमा एउटा पुल अति आवश्यक रहेको र सो को निर्माणका लागि सम्बन्धित नियायमा लागि रहने पनि उनले बताए ।
सौजन्य : शहबाज खाँन   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif