Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

अग्रगामी समुन्नतिका निम्ति कृषिक्रान्ति अपरिहार्य !


२०७७ भाद्र २६ गते , शुक्रवार प्रकाशित

कोभिड–१९ महामारीले बिश्वभरी पारेको असरले कृषि क्षेत्रलाई एक पटक पुनः गम्भीर र केन्द्रिकृत भएर सोच्नु पर्ने आवश्यकता सामान्यतः सबै देशका लागि र बिशेषतः बिकासशील हरेक देशका लागि आज अपरिहार्य बनेको छ । झन नेपालमा त आमूल परिवर्तन र समुन्नति चाहने दृष्टिकोण,बिचार र नीति लिनेहरुले  पहिलेदेखि नै यो कुरा औल्याउदै भनेका हुन् कि — ‘जबसम्म किसान बर्गको समस्या समाधान हुँदैन तबसम्म राष्ट्रको मूलभूत समस्या पनि समाधान हुँदैन’ । कोभिड–१९ को आक्रमण पछि यो कुरा अझ छर्लंग भएको र धेरैले उठाउन थालेका छन् । यद्यपि यसको मूल श्रेय भने कमरेड पुष्पलाललाई नै जान्छ जसले मूलतः २००६ सालदेखिनै प्रष्टतः २०२५ सालदेखि नेपाली किसान बर्गलाई उठाउन, जगाउन र अघि बढाउन आजीवन अथक र अबिश्रान्त संघर्ष र प्रयत्न गरेका हुन् । नेपालका अर्थ–राजनीतिक तथा सामाजिक–साँस्कृतिक आमूल रुपान्तरणको सन्दर्भमा यो अत्यन्तै गम्भीर महत्वको अहं प्रश्न हो र अहिले पनि यो प्रश्न ज्यूँकात्यूँ रहेको छ ।


  हामीले २००७ देखि अहिलेसम्मको अर्थात २०६२÷६३ सम्मको राजनीतिक परिवर्तनलाई हे¥यौं र त्यस परिप्रेक्षमा देशका आम किसान बर्ग र कृषिको अबस्थालाई बिश्लेषण ग¥यौं भने यो कुरा धेरै मात्रामा छर्लङ्ग हुन्छ । जे जस्ता परिवर्तन राजनीतिमा आए पनि किसानको जीवनमा कुनै तात्विक परिवर्तन आउन नसक्नुले जुन समस्या नेपाली आम किसानले हिजोदेखि नै झेल्दै आएका थिए र आज पनि त्यही नै झेलिरहेका छन् । ती समस्याहरुको सही समाधान ननिस्केकै परिणाम हाम्रो देशको आजको दयनीय आर्थिक अबस्था हो । त्यसैले नेपाली किसान र कृषिको समस्या आज पनि राष्ट्रको सबैभन्दा ज्वलन्त र टड्कारो राष्ट्रिय समस्या हो । यसको अग्रगामी, उन्नत र आम किसान–मैत्री समाधान नखोजीकन राष्ट्रको उन्नति र प्रगतिले सही दिशामा पाइला सार्न सक्तैन । चौतर्फी सम्बृद्धिको कुरा त झनै टाढाको कुरा हो । आजको बस्तुस्थितिले दर्शाएको यो अकाट्य तथ्य र यथार्थ  हो ।


बास्तबमा जुन किसान बर्गलाई आफ्नो कष्टपूर्ण र एकदमै पिछडिएको जीवनस्तरबाट मुक्ति चाहिएको हो त्यो बर्ग नै आज पनि दुर्दान्त गरीबी, अभाव, अशिक्षा, असुरक्षा, अन्धबिश्वास, कुरीति र अन्ध मान्यताबाट आक्रान्त छ । यो स्थितिबाट किसान बर्ग मुक्त नभइकन नेपालको उन्नति, प्रगति, बिकास र समृद्धि केही पनि हुन सक्तैन, भएको मानिदैन । अहिलेसम्म नमानिएको कारण पनि यही हो । बस्तुतः नेपाल पिछडिएको अबस्थबाट गुज्रिरहेको बिकासोन्मुख देश हो भन्नुको कारण पनि यही हो । हामी बिकासशील हने अबस्थामा पनि पुग्न नसकेर बिकासोन्मुखै अबस्थामा अझै एक दशक रहने निबेदन अर्थात हार–गुहार गर्नुको कारण पनि यही नै हो ।


हामी प्रष्ट देखिरहेका र अनुभव गरिरहेका छौ कि आज एकातिर देशमा किसान बर्ग जीवन यापन गर्न नक्सने धौधौको अबस्थाबाट गज्रिरहेको भने अर्कोतिर दुइ नम्बरी कालो धनको बिगबिगी देशको अर्थतन्त्र, राजनीति, समाजिक तथा साँस्कृतिक संरचना सर्बत्र ब्याप्त छ । हामीकहाँ  बन्ने गरेका कुनै पनि रंगरुपका सरकारलाई किसानका समस्यासँग कुनै वास्ता छैन, पर्वाह छैन । उनीहरु चुनाबका बेलामा लाइन बसिदिने खाश खाश दलहरुलाई भोट खसालिदिने ‘गँवार र कृतदास सरह’ मात्रै हुन् । अरु बेला ती किसानहरुको कुनै अर्थ संसद र सत्तामा पुगेका दलहरुले राख्दैनन् । भ्रष्टाचारी,तस्कर, कालाबजारीया, भूमाफिया, जलमाफिया, कमिशनखोर दुइ नम्बरियाहरुलाई जोगाउन, संरक्षण गर्न र उनीहरुको कालो धनको रक्षा गर्न भने टुप्पीदेखि पैतालासम्मको बल लगाउने गर्दछन् । त्यसका निमित्त बेला बेलामा ‘कालो धनलाई सेतो घोषणा गरेर’बिकास र समृद्धि ल्याउन (?) छुट दिने र त्यस्तै महान(?) बिचार प्रबाह गर्ने गर्दछन् । तर्क पनि गजबको गर्ने गर्दछन् – ‘देशमा कालो धन छ, भूमिगत अर्थतन्त्र मौलाएको छ । यो करा सबैलाई थाहा छ । अनि त्यसलाई त्यत्तिकै निष्कृय राखेर खेर जान दिने ? त्यसको सदुपयोग गर्न परेन ? कति कालोधन–मैत्री बिचार ! मेहनत नगरी ‘सजिलै पैसा कमाउने’(इजी मोनीको) यो बिल्कुलै गलत बाटोले नै हाम्रो राष्ट्रिय अर्थतन्त्र धराशायी भएर गएको हो र गइरहेको छ । यसबाट उम्किएर राष्ट्र, राष्ट्रियतालाई र सार्बभौमिकतालाई सबल बलनाउन र नेपाललाई आधारभूतरुपमा आत्मनिर्मर तुल्याउन तथा राष्ट्रिय औद्योगिक बिकासका लागि जमिन, जल, जडीबुटी सबै किसाको स्वामित्वमा दिन अनिबार्य छ । बर्तमान सन्दर्भमा यही मात्र हाम्रो बिकासको सुरक्षित र सामयिक बाटो हुन सक्तछ । यही गएको साउन ३२ गते सम्पन्न चार किसान संगठनले आयोजना गरेको ‘कोभिड–१९ ले कृषि क्षेत्रमा पारेको प्रभाव र राज्यको दायित्व’ बिषयक भच्र्युअल अन्तरकृयामा सहभागी सबै कृषि बिज्ञ, अध्येता र अनुसन्धानकर्ता बिज्ञहरुले साझारुपमा यही किष्कर्श निकाले छन् र यसका लागि ब्यापक आन्दोलन उठाउनु पर्ने आवश्यकता पनि औंल्याएका थिए । 


चार किसान संगठनले संयुक्तरुपमा भाद्र २५ गते सम्पन्न गरेको राष्ट्रिय भेलाले पनि किसान र कृषिका समस्याका बारेमा गम्भीर छलफल गरेर कृषि क्रान्ति र यसमा आमूल परिबर्तन बिना नेपालको मूलभूत समस्या समाधान हुन नसक्ने र त्यसका लागि किसानलाई संघर्षशील, संगठित र सचेत बनाउदै आन्दोलन अघि बढाउन पर्ने आवश्यकतामाथि जोड दिएको छ । राजनीतिक परिबर्तनले किसानका समस्या समाधानको बाटो छोडेपछि देशमा परिबर्तनको अर्थ नरहेको कुरा भेलाका सहभागीले औल्इाएका थिए ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif