Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

समायोजना पछि जसपाको गाउँ स्तरीय बैठक सम्पन्न


२०७७ भाद्र २५ गते , विहीवार प्रकाशित

   
निरहू यादव/ कपिलवस्तु  
जनता समाजवादी पार्टी कपिलवस्तुको विजयनगर गाउँपालिकामा पार्टी एकीकरण पछि पहिलो पटक गाउँपालिका  स्तरीय बैठक सम्पन्न गरेको  छ  । राष्ट्रिय जनता पार्टी  र समाजवादी पार्टीको एकिकरण पछि औपचारिक रुपमा पहिलो पटक गाउँपालिका स्तरिय बैठक बसेको हो । 



समायोजन पछि देशमा नै बलियो राजनैतिक शक्ति बोकेको जसपाप्रति  आमजनताको आकर्षक बढेको र  नेकपा भ्रष्ट क्रियाकलापले आमजनता दुख मात्र पाए ।भबिष्यमा देश र जनतालाई निकास दिई देशमा सुशासन सहित  समृद्ध र विकसित बनाउन वडास्तर देखि नै मजबुत बनाउन  वडा स्तरमा विस्तार गर्ने बैठकले निर्णय गरेको पूर्व समाजवादी पार्टिका जिल्ला उपाध्यक्ष रामनिवास पुरीले जानकारी दिए ।



 बैठकले केन्द्रको निर्देशन अनुसार पार्टिको विजयनगर गाउँपालिका स्तरीय एकिकरण तथा समायोजन गर्ने निर्णय गरेको छ । समायोजनाका लागि  अर्को बैठकबाट मिति समय र स्थान निर्धारण गरिने पुरीले बताए ।



 बैठकमा बोल्दै पूर्व राजपाका केन्द्रिय सदस्यले अब   गाउँपालिकाले गरेका हरेक गतिविधीमा निगरानी गर्ने र अबको विकल्प मात्र जसपा रहेको दाबी गर्दै जनताको घर दैलोमा पुगी आफ्नो पार्टी एजेन्डा सिद्धान्त बुझाउनु  पर्ने बताए ।  सन्तराम तेलीको अध्यक्षतामा  सम्पन्न भएको बैठकमा   बाल जी प्रसाद चौधरी,  अश्वीनी कुमार चाई,अशोक कुमार जयसवाल , मुजम्मिल हुसेन खाँ, अब्दुल गनी खाँ, सबनम बेगम र तुलसीराम भर लगायतको सहभागिता रहेको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif