Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

काम ३० प्रशित गर्ने भुक्तानि १०० प्रतिशत लिने : कुरा के हे ?


२०७७ भाद्र २३ गते , मंगलवार प्रकाशित



 
सुरेश कुमार पाण्डे


कपिलबस्तु । यस विषयमा थप अनुसन्धानका लागि स्थानीय पत्रकार प्रभुनाथ गुप्ताले भदौ १० गते सो योजनको विषयमा सूचना माग गरेका थिए । 

यस विषयमा पत्रकारले अनुसन्धान थालिसकेको देखेर योजनाको समितीले आ वा २०७६÷०७७ को अधूरो कार्य पुनः सञ्चालन गरेको छ । 

सर्वसाधारण जनता एवम् कृषकहरुको आँखामा कसिङ्गर हालेर यस्तो गैर कानुनी कार्य गर्न स्थानीय सरकार माथि ठूलो चुनौति रहेको स्थानियले बताउँछन । 



शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली संग यस विषयमा औपचारिक ढंगले थप अनुसन्धानका लागि गाउँपालिका संग माग गरेको सुचना बारे जानकारी लिन खोज्दा उनको कल उठिएन। पटक पटक कलका बाबजुद कल नउठेको र पत्रकार गुप्ता प्रत्यक्ष गाउँपालिकाको कार्यालय जन्दा समेत प्रशासकीय अधिकृतले सुचना नदिएको पत्रकार गुप्ताले जानकारी दिए । 

कल नै नउठे पछी पत्रकार गुप्ता आफू बाध्य भएर अन्तत नील खबर अनलाइन मिडियाका अध्यक्ष अजय पाठकसंग यस विषयमा गुहारो मागे । 

अध्यक्ष पाठकले गाउँपालिकाका अधिकृतलाई कल गर्दा, हाल जिल्लामा लकडाउन भएको कारण हामी घर मै बसेर पालिकाको काम गरिरहेका छौ। गाउँपालिका बन्द रहेको र लकडाउन खुल्ने लगत्तै हामी पत्रकार गुप्तालाई सूचना उप्लब्ध गराउने पालिकाका अधिकृत ज्ञवाली जानकारी दिए । 

तर पत्रकार गुप्ताले गाउँपालिका खुल्छ(खुल्दैन भन्ने विषयमा अनुसन्धान गर्दा गाउँपालिका दैनिक रुपमा खुली रहेको छ, सेवाग्राहीहरुले दैनिक रुपमा सेवा पाई रहेको पत्रकारले लिएको फोटोले स्पष्ट पार्छ । शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली समेत आफ्नो कार्य कक्षमा उपस्तिथित छन । 
सुचना अधिकृतले यस बारेमा आफुलाई प्रमुख प्रशासकीय अधिकृतको कुनै पनि निर्देशन नआएको जानकारी दिए । 

यसबाट गाउँपालिका कत्तिको गैरजिम्मेवार रहेको स्पस्ट बुझिन्छ । आफू कार्यालय कक्षमा उपस्थित हुँदा हुँदै पनि पालिका खुलिरहेको छैन, आफू कार्यालयमा उपस्तिथित नरहेको भन्भन्नु एउटा जिम्मेवार पदमा बसेको कर्मचारीले पत्रकार संग झुठ बोलेर सुचना लुकाउनु कानुन अपराध हो । 
शहबाज खानको सहयोगमा 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif