Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

कोरोना–मृत्यु सँस्कार परम्परा अनुसार गर्न दिन जसपाको माग


२०७७ भाद्र २३ गते , मंगलवार प्रकाशित


कपिलबस्तु । जनता समाजवादी पार्टी कपिलवस्तुले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिहरुलाई धार्मिक प्ररम्परा अनुसार सदगद गर्नु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी दिर्गनरायाण पौडेल समक्ष ज्ञापनपत्र बुझाएको छ  । कपिलवस्तुको तौलिहवामा १ जनामा कोरोना संक्रमणका करण मृत्यु भएको थियो । 


त्यसमा प्रशासन तथा मृतकका परिवार बिच सदगद गर्ने विषयमा विवाद भए पछि सावधानी अपनाएर शवलाई धार्मिक परम्परा अनुसार सदगत गर्नु पर्ने माग राखेको छ । जनता समाजवादी पार्टीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै प्ररम्परागत धार्किम मूल्य मन्याता अनुसार शवलाई सदगत गर्नु पर्ने माग राखेको जिल्ला अध्यक्ष कैलाश अग्रहरीले बताए।


 त्यस्तै अर्का जिल्ला अध्यक्ष शैलेन्द्र कुमा यादवले स्वाब संकलन गरेको १० दिन सम्ममा पनि प्रतिवेदन रिर्पोट नआउनु र मृत्यू भए पछि रिर्पोट अउनु दुखाद रहेको जिकिर गर्दै अबका दिनमा यस्ता गल्तिलाई सुधार गर्दै समयमा नै रिपोर्ट दिनु पर्ने पनि माग गरिएको बताएका छन । राजनैतिक दल, नागरिक समाज र प्रशासन बिच बैठक बसी शव व्यावस्थापनको लागि ठोस कदम चालिनु पर्ने माग गरिएको विज्ञाप्तिमा उल्लेख गरिएको छ । आगामी दिनहरुमा यस्ता कमीकजोरीहरु हुन नदिनाको लागि प्रशासनले ठोस निणर्य लिनु पर्ने बताए । ज्ञपन पत्र बुझदै प्रजिअ पौडेलले राम्रो सुझाव आएकोले अबका दिनमा सबै  मिलेर कार्य गर्ने बताएका छन् ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif