Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

कित्ता काट फुकुवा कृषि र किसानको हितमा छैन – चार किसान संगठन


२०७७ भाद्र २३ गते , मंगलवार प्रकाशित

 आज अखिल नेपाल किसान यूनियन समेत  चार किसान संगठनले एक संयुक्त बक्तब्य दिदै किसान र कृषिको हित बिपरीत रोक्का कित्ताकाट फुकुवा गरिनु गलत हो भन्ने औल्याएका छन् र किसान बिरोधी उदारीकरण र भू–माफियाको हितमा काम नगर्न सरकारसँग माग गरेका छन् । उनीहरुले गाईलाई लागेको अज्ञात रोगले देशका बिभिन्न भागका किसानहरुको गाई मरेकोमा चिन्ता ब्यक्त गर्दै रोग पत्ता लगाई उपचार गर्न र पीडित किसानलाई राहत प्रदान गर्न माग गरेका छन् । उनीहरुले यही भाद्र २५ गते ‘गुगल मिट’मा राष्ट्रिय भेला बोलाएर नेपाली किसान र कृषिका समस्या बारेमा छलपल गर्ने निर्णय पनि गरेका छन् ।

चार
किसान संगठनको सयुक्त बक्तब्य  

 
 किसान
कृषिको हितमा प्रष्ट पारदर्शी बिकल्प बिना रोक्का गरिएको जमिनको  कित्ताकाट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अबिश्वासनीय तथा कृषि किसान बिरोधी यसले कृषि उत्पादन उत्पादकत्व बृद्धि गर्ने किसिमले भूउपयोग गर्न कीमार्थ मद्दत गर्दैन अतः किसानामारा उदारबादी अर्थनीति भूमाफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिइयोस् किसान कृषिको ब्यापक हितमा भूउपयोग राष्ट्रिय नीति ल्याइयोस् भन्ने हामी चार किसान संगठन जोडदार माग गर्दछौं


  अज्ञात रोगले नेपालका बिभिन्न भागमा दुहुना गर्भिणी गाईहरु भटाभट  मर्दै गएको दूध किसानहरु ठूलो नोक्सानी पर्न गाएकोमा हामी चिन्तित छौ सरकारले गाईमा लागेको यो रोग शिघ्र पत्तो लगाइ उपचार गरोस् पीडित किसानलाई उचित क्षतिपूर्ति प्रदान  गरी राहत देआ्स् भन्ने समेत जोडदार माग गर्दछौं  


पूर्ब निर्णय अनुसार चार किसान संगठनले संयुक्तरुपमा यही भाद्र २५ गते दिनको १२ बजेदेखि आयोजना गरेको नेपालको कृषि किसानका समस्या बिषयको राष्ट्रिय भेला — ‘गुगल मिटमा आमन्त्रित चारै किसान संगनठका साथीहरुलाई सहभागी भई यसलाई सार्थकताकासाथ सफल तुल्याउन संयुक्त आह्वान गर्दछौं   
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif