Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

धानबालीमा रोग र कीरा लागेकोले झापाका किसान चिन्तित


२०७७ भाद्र २२ गते , सोमवार प्रकाशित

 चारआली । झापा लगायतका धानबाली हुने तराईका जिल्लाहरुमा धान पहेलिने र गाँजको जरा नै कुहिने रोग लागेर धानको खेती नराम्रोसँग बिग्रन थालेकोले किसानहरु निकै  चिन्तित बनेका  छन् ।  धानमा यो के रोग या किरा के लागेको किसानहरुले जान्न सकेका छैनन् भने सरकारले पनि कुनै वास्ता गरेको छैन । 



एकातिर धान रोप्ने बेला र ‘टप ड्रेसिङ्ग’ गर्ने बेलामा समेत आवश्यक मलखाद नपाएर किसानहरु धानबालीको उत्पादन घट्ने पिरले चिन्तित रहेका थिए भने अर्कोतिर यसरी रोग या किरा लागेर धान मर्न थालेकोले आउँदो बर्ष अनिकाल लाग्ने कुराले उनीहरु अहिले देखिनै बाच्न नसकिने भयो भनेर संत्रस्त बन्न पुगेका छन् । 

कृषिलाई उच्च पाथमिकता दिएको भन्ने सरकारले हरेक बर्ष मूख्य बालीनाली त्यसमा पनि धानबाली लगाउने समयका मल खाद ल्याएर किसालाई उपलब्ध गराउन सक्तैन र बर्षै पिच्छे मलको हाहाकार हुने गर्दछ । अहिले पनि धेरै ढिलो गरेर मल ल्याएर बाड्ने कर्मकाण्ड गरे पनि त्यसको प्रभावकारी परिणा नदेखिने स्थिति बनेको छ । 



     कृषि क्षेत्रमा ब्याप्त भ्रष्टाचार र कमिशनखोरीले जहिले पनि  किसान मार्काका पर्ने, ठूला कर्मचारी, ठेकेदार र बिचौलियाहरु मोटाउने क्रमले निरन्तरता पाइरहेको छ । यो स्थितिलाई पूर्णरुपले अन्त्य गर्न नसकेसम्म कृषि र किसानको जीवनमा अपेक्षित सुधार आउन सक्ने देखिदैन ।   

फोटा सौजन्य : बसन्त सुबेदी, बुधबारे झापा  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif