Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

अप्ठ्यारोमा परेका र असहायलाई खाना खुवाउदैछन् इन्दिरा आमा


२०७७ भाद्र २१ गते , आईतवार प्रकाशित

   

  काठमाडौं । बन्दा बन्दीका कारण अप्ठ्यारोमा परेका असहाय मानिसहरुलाई आफै खटेर आना खुवाउदैछन् इन्दिरा आमा । वास्तवमा उनी ‘बन्दी सहायता नेपाल(प्रिजनर्स असिस्टटेन्स नेपाल)की अध्यक्ष हुन् ।  उनको यस सम्बन्धि कार्यालय नयाँबजार म्हेपीमा नजिकै रहेको छ । खाशगरेर उनले जेलमा परेका बाबु आमाका असहाय र उपेक्षित बालबच्चाहरुलाई सहयोग गर्ने, पढाउने, लेखाउने र नयाँ जीवन दिने काम गर्छिन् ।
उनले झापा, पाल्पा र साँखुमा त्यस्तै बाल बच्चाहरु र असहायका लागि काम गरिरहेकी छन् । 



    तर,यस संस्थाले कोरोना महामारीको संकटमा भने फरक तरीकाले अतुलनीय काम गरिरहेको छ । कोरोना भाइरसका कारण सडकमा समस्या भएका असहाय र अशक्तहरुको लागि यस संस्थाले पाँच महिनादेखि निःशुल्क खाना वितरण गर्दै आइरहेको छ ।
  यस संस्थाका प्रमुख इन्दिरा राना मगर भन्छिन,‘विहानै तरकारीको जोहो गर्न विभिन्न तरकारी फार्म पुग्छु । हेर्दा सजिलो छ । तर काम गर्न गाहारो छ, उनले भनिन, –‘दिउँसो खाना आफै बनाउँछु । बाँड्न पनि धेरैजसो आफै जान्छु ।’
  उनका अनुसार खुल्ला मञ्च, गौशाला, ठमेल, सोह्रखुटे लगायतका बिभिन्न ठाउँमा यस संस्थाले खाना खुवाई रहेको छ । प्रत्येक शनिबार चिकेन खाना, यस्तै हरेक हप्तामा अण्डा समेत खानामा खुवाउने गरेको  इन्दिराले बताउँ छिन् ।


  इन्दिरालाई सबैले आमा भन्छिन् । आमा भन्नुको पछाडि धेरै कारणहरु हुन छन् । अहिले खुल्लामञ्च क्षेत्रमा बस्ने असहायलहरुले समेत ‘आमा’ भनेर उनलाई सम्बोधन गर्छन् ।




  ‘आमाको खाना मिठो छ । प्याकेटमै आएपनि सफा छ । अरुका खानासँग तुलना गर्ने मिल्दैन,’ खुल्ला मञ्चमा खाना खादै गरेका एकले भने,‘सबैले उनलाई आमा भन्छिन। म पनि उहाँलाई आमा नै भन्छु ।’



    खाना खुवाउने अभियानमा उनलाई विभिन्न सहयोगी दाता तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको बताउँछिन् । कोरोना महामारीका बेला सरकारले जनतालाई सहयोग र उपचार गर्न नसकिने भनेर लाचारी र गैर जिम्मेवारी प्रकट गर्दै सन्त्रासमा परेका हरुलाई अझ सन्त्रस्त पारिरहेको बेला इन्दिरोका यो असहायप्रतिको सेवालाई प्रसंशा नगरी रहन सकिदैन ।


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif