Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

सिटी एक्सप्रेस गाभ्दै इन्भेस्टमेन्ट बैंक


२०७७ भाद्र १८ गते , विहीवार प्रकाशित


नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई प्रति कित्ता ३० रुपैयाँका दरले प्राप्ति गर्ने भएको छ।बैंक र फाइनान्सको भदौ १७ गते बसेको संयुक्त प्राप्ति समितिको बैठकले सेयर आदनप्रदान अनुपात टुङ्ग्याएको हो। गत पुस २८ गते प्राप्ति सम्बन्धि समझदारी भएपछि फाइनान्सको सेयर कारोबार रोक्का छ। 

केही समयअघि समस्याग्रस्त संस्थाबाट मुक्त भएको सिटी एक्सप्रेसलाई नयाँ समूहले किनेर सुधार गर्दै लगेको थियो। मर्जरमा जाँदा सरकारले कर्पोरेट करमा छुट दिने स्किम ल्याएको छ। स्किमको लाभ उठाउनका लगि पनि बैंकले फाइनान्स किन्न लागेको हो। यसबाहेक फाइनान्सले काठमाडौंमा करिब एक दर्जन शाखा खोल्दैछ। गाभिएपछि बैंकलाई शाखा सञ्जालमा पनि फाइदा पुग्ने छ। यद्यपी फाइनान्सको खराब कर्जा केही बढि छ। धितोसमेत भएकाले खराब कर्जा उठाउन समस्या भने नरहेको बैंकले जनाएको छ। 

फाइनान्सको चुक्ता पुँजी ४० करोड रहेको छ। बैकको १४ अर्व २४ करोड ८९ लाख रुपैयाँ छ। ३० रुपैयाँका दरले प्राप्ति गरेकाले बैंकको १२ करोड चुक्ता पुँजी बढ्ने छ। बाँकी २८ करोड रुपैयाँ जगेडा कोषमा जाने छ। जगेडा कोषमा भएको रकमबाट नगद बाँड्न नमिले पनि बोनस सेयर वितरण गर्न पाइन्छ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif