Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

रमण नेपाल लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्ष नियुक्त


२०७७ भाद्र १७ गते , बुधवार प्रकाशित



लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा  नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको सपथ लिए । 



अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फाल्गुणदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पूरा गरी निर्देशकको पदबाट सेवानिवृत्त भएका अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif