Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

चीन र भारतका बीच लद्दाखमा हिं«सक झडप चर्कियो


२०७७ भाद्र १७ गते , बुधवार प्रकाशित

काठमाडौं । फेरि अर्कोपटक पूर्वी लद्दाखमा चीन र भारतका बीच  हिंस्रक झडप र  तनाव चरम उत्कर्षतिर पुग्नथालेको छ ।

    दुइ देशका बीच निरन्तर जारी तनाबका बीच भारतको केन्द्रीय गृह मन्त्रालयले आफ्ना सेनालाई ‘उच्च सतर्कता अर्थात् ‘हाई अलटर्’मा रहन निर्देशन जारी गरेको छ । बिभिन्न भारतीय सञ्चार माध्यमले जनाएअनुसार बुधबार भारतको गृह मन्त्रायलयले भारत–चीन, भारत–नेपाल र भारत–भुटान सीमामा रहने सुरक्षाकर्मीलाई उच्च यसरी अलर्टमा रहन निर्देश जारी गरेको हो ।

      यस सम्वन्धमा भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार भारतको गृहमन्त्रायले इण्डो तिब्बत बोर्डर पुलिस (आइटिबिपी) र सशस्त्र सीमा बल (एसएसबी)लाई पनि अलर्ट रहन निर्देशन जारी गरेको छ । यस क्रममा भारतका उत्तरी प्रदेशहरु उत्तराखण्ड, अरुणाञ्चल, हिमाञ्चल, लद्दाख र सिक्किम क्षेत्रको सीमामा आइटिबिपीलाई उच्च अलर्टमा रहन निर्देश गरेको बताइएको छ ।


    भारता हिजो मंगलबार केन्द्रीय गृह मन्त्रालयमा बोर्डर म्यानेजमेन्टका अधिकारी र सीमा सुरक्षा बल (आइटिबिपी र एसएसबी)का अधिकारीबीच आकस्मिक बैठक बसेको र उक्त बैठकले नै सीमा क्षेत्रमा अलर्ट जारी गर्ने निर्णय गरेको बताइएको छ ।
 
कालापानी क्षेत्रमा थप सुरक्षाकर्मी पठाईँदै

  यस सन्दर्भमा भारत–चीन तनाव बढिरहेका बेला भारतीय पक्षले नेपाल–भारत सीमामा पनि उच्च अलर्ट रहन निर्देश गरेको छ । भारत–चीन तनावकै बीच नेपालको कालापानी क्षेत्रमा भारतीय पक्षले सीमा सुरक्षा बल र इण्डो तिब्बत बोर्डर पुलिसलाई पनि सक्रिय रहन निर्देश गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    भारतीय संचार माध्यमहरुले हाफ्नो रिपोर्टमा कालापानी क्षेत्रमा थप एसएसबीको कम्पनीलाई पठाइएको  उल्लेख छ । जम्मू–कश्मीर र दिल्ली क्षेत्रमा रहेका एसएसपीको केहि कम्पनीलाई कालापानी क्षेत्रमा पठाइएको कुरा सञ्चार माध्यमले जनाएका छन् ।

    दुई दिनसम्म पूर्वी लद्दाखमा ह्रिंसक झडप

  भारतीय सेना र चिनीयाँ सेनाबीच पूर्वी लद्दाखमा दुइ दिन अघि २९ र ३० अगस्टको रात हिंस्रक झडप भएको थियो । भारतीय पक्षले झडपमा परी हालसम्म आफ्ना एक जवानको ज्यान गएको पुष्टी गरेको छ । झडपमा दर्जनौं घाईते भएको जनाइएको छ । झडपमा चीनतर्फ के–कति क्षति भए नभएको केही स्पष्ट भएको छैन ।

    भारतीय पक्षले जनाएअनुसार ५ सयको संख्यामा रहेका चिनीयाँ सेनाले भारतीय सैन्य क्याम्पमाथि कब्जाको कोशिश गरेका थिए । सैन्य क्याम्प कब्जा गर्ने चिनीयाँ सेनाको कोशिशमा भारतीय पक्षले पनि जवाफ फर्काएको थियो ।

    गएको जून १५ मा पनि हिंस्रक झडप  

यसअघि गएको १५ जुनमा पनि लद्दाखको गलवान क्षेत्रमा चिनीयाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा परेर भारतका २० सैनिक जवानको ज्यान गएको थियो । उक्त घटनामा चिनीयाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि कतैबाट पुष्टी भएको छैन ।

    भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी भने  गर्दै आएको छ ।

    भारत र चीनका सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif