Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

मुस्लिम समुदायका अगुवाहरूको गम्भीर ध्यानाकर्षण


२०७७ भाद्र १५ गते , सोमवार प्रकाशित

 
शहबाज खान     कपिलवस्तु, । यस  जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को लाइब्रेरीमा मुस्लिम समुदायका अगुवाहरूको बैठक सम्पन्न भएको छ ।

विश्व  महामारीको रूपमा फैलिएको (कोभिड–१९)) कोरोना भाइरसका कारण नेपालमा समेत यसको संक्रमण े मानिसहरुको मृत्यु भइरहेको छ । प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहुद खां नेपालीको भनाइनुसार हिजो बुटवलमा उपचारका क्रममा रहेका (अब्दुल्ला होटल बुटवल) का संचालक तवहिद अन्सारी कोरोना भाइरसका कारण मृत्यु भएको र मुस्लिम समुदायको परम्परा अनुसार अन्तिम संस्कार परीवार ले गर्न नपाएकोप्रति खाले दुख व्यक्त गर्दै मुस्लिम समुदायमा आक्रोश समेत रहेको र अब उपरान्त( कोरोना भाइरसका कारण प्रदेश नं ५ मा कुनै मुस्लिम समुदायको व्यक्तिको मृत्यु भएमा घर परिवारको माग अनुसार अन्तिम संस्कारका लागि स्वास्थ्य सुरक्षाको मापदंड अपनाई इस्लाम धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने  मुस्लिम समुदायको ध्यानाकर्षण भएको बताए ।

 मुस्लिम संगठन नेपालका केन्द्रीय अध्यक्ष सिराज फारूकीले  मृत्युप्रति दुख व्यक्त गर्दै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने बताउदै मुस्लिम समुदायको धर्म र संस्कृति अनुसार मृतकको अन्तिम संस्कार नभएको प्रति मुस्लिम समुदायमा आक्रोश रहेको बताए । उनी सरकारी नेकपाका केन्द्रिय सदस्य पनि हुन ।

राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले पनि मुस्लिम धर्म संस्कृति अनुसार शवको अन्तिम संस्कार गर्न पाउनुपर्ने यो समुदायको अधिकार समेत रहेको बताउदै उक्त अधिकार लाई कसैको हस्तक्षेप सहन न हुने भन्ने आक्रोस पोखे ।

जामिया सिराजुल उलुम तथा राष्ट्रीय मदरसा संघ का संस्थापक शमिम अहमद नदवी ले मृतकको देहांतप्रति दुख व्यक्त गर्दै परिवारले आफ्नो धर्म संस्कृति अनुसार शवको अन्तिम संस्कार गर्न नपाउनु दुखद रहेको र यस्तो कार्य मुस्लिम समुदायको धर्म र संस्कृति माथी प्रहार भएको बताउदै अब उपरांत त्यस्तो कार्य सहन हुन न सक्ने जिकिर गरे ।

तौहिद सेन्टर कृष्णनगरका अध्यक्ष अब्दुल अजिम मदनीले  देहांतप्रति दुख व्यक्त गर्दै दुखी परिवारलाई अल्लाहले धैर्य धारण गर्ने क्षमता प्रदान गरून् भन्ने भाव व्यक्त गरे ।

उक्त बैठकमा नेकपा कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपालका सदस्य अब्दुल सलाम, साहिद अहमद, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना  सहाबुद्दीन खान लगायत अन्यको उपस्थित रहेको र  उपस्थित रहेका ब्यक्तिहरुले सामाजिक दुरीलाई ध्यानमा राख्दै मास्क र सेनिटाईजरको सदुपयोग गरेका थिए ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif