Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

होम डेलिभरी व्यवसाय सुचारु सञ्चालन गर्न दिन माग


२०७७ भाद्र १५ गते , सोमवार प्रकाशित

ई–कमर्स र होम डेलिभरी व्यवसाय निर्वाध रुपमा सञ्चालन गर्न दिन नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले माग गरेको छ । सरकारले ई–कमर्स व्यवसाय संचालन तथा त्यस अन्तरगत होम डेलिभरीको व्यवस्थामा रोक लगाएको प्रति नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लडकडाउन र हालको निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आम मानीसहरुको दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामाग्री घर घरमा पुर्‍याई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिई रहेका कारणले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको तर्फ सरकारले ध्यान दिनुपर्ने उनले माग गरेका छन् ।

बजार वितरण प्रणालीलाई सहज बनाउने यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरि तत्काल संचालन गर्न दिनु पर्ने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif