Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

मूर्खको मनमा अर्ति काँढा तुल्य बिझाउँछ भन्छन् । हेरौं के गर्दा रान् !


२०७७ भाद्र १५ गते , सोमवार प्रकाशित

श्रीप्रसाद पण्डित

यो नेपाल विद्युत प्राधिकरणसँग सम्बन्धित बिषय हो । मुकेश काफ्ले भन्ने मान्छेसँग मेरो व्यक्तिगत चिनजान छैन, उनी एक पटक नेपाल विद्युत प्राधिकरणको मेनेजिङ्ग डाइरेक्टर भै सकेका व्यक्ति हुन् रे । तर कुलमान घिसिङ्गको पदावधि सकिएपछि त्यो पदमा नियुक्ति पाउन अहिले मुकेश काफ्ले सहित चार जनाले दरखास्त हालेका छन् रे। निज काफ्लेका पालामा राष्ट्र प्रमुखद्वारा संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा तोकिएको लक्ष्य उनले कति प्रतिशत हासिल गरेका थिए । त्यो कुरा उनले सार्वजनिक गर्न सकेका छैनन् । तर अहिले कुलमानले केही गरेको होइन नेपाल सरकारको नीति तथा कार्यक्रम नै कुलमानले कार्यान्वयन गरेको हो भनी सं.राष्ट्रपति विद्या भण्डारीद्वारा संसदमा प्रस्तुत भएको गत २-३ वर्षको नीति तथा कार्यक्रमको ३-४ थान पुस्तिका लिएर TV मा आउने गरेको देखियाछ ।


उनी अति निर्लज्ज तरिकाले नामै किटेर कुलमानको विरोध र बेइज्जत गर्दै हिंड्याछन्, सगरमाथा TV मा उनको अन्तर्वार्ता मैले लाइभ् हेरेको थिएँ र AP1 TV मा टिकाराम यात्रीले कुलमानसँग लिएको अन्तर्वार्ता पनि मैले हेरेको थिएँ । शालीन तरिकाले अन्तर्वार्ता दिएका कुलमानले कुनै व्यक्तिलाइ नाम किटेर केही भनेका छैनन् तर वातैपिच्छे मुकेशजीले कुलमानको नामै किटेर दोषसन्निपातले गाँजेको बिरामी झैं वर्वराएका छन् ।


यद्यपि अहिले जनमत कूलमानको पक्षमा छ तर नियुक्ति गर्नेको तजबिजी अधिकार हो तापनि सर्वसाधारण जनताले कुलमानलाई चाहेकाले पनि "सरकारले जनताको कुरो सुन्दो रहेछ" भनी देखाउनु अति आवस्यक हुन्छ । यदि मुकेशजी साँच्चिकै योग्यतम व्यक्ति थिए भने विद्युत प्राधिकरणमा उनकै निरन्तरता हुन्थ्यो कुलमानले मौकै पाउँदैनथे । जब मुकेशलाई नै पुनर्नियुक्ति नगरी सरकारले कुलमान लाई  नियुक्त गर्यो त्यतिखेर नै मुकेशजीलाई सरकारले अयोग्य ठहर गरेको मान्नु पर्दछ । एक पटक पुनर्नियुक्ति पाउन अयोग्य भैसकेको अवस्थामा मुकेशजीले आफ्नो योग्यता बढाउन अतिरिक्त डिग्री डिप्लोमा हासिल गर्नु भो वा पिएच्डी ? आफुलाई एक पटक अयोग्य ठहर गरेर पुनर्नियुक्ति नदिएको संस्थामा नयाँ नियुक्ति पाउँ भनी यसरी मरिहत्ते गर्दा प्राधिकरणमा घूस भ्रष्टाचार गर्ने दूलो छिद्र थाहा पाएका हुनाले यसरी मरिहत्ते गरेका रहेछन् भन्ने सन्देश जान्छ र पहिलो निर्णय गरेको मसी सुक्न नपाउँदै अख्तियारको खोरमा टङ्गाल दरवारतिर जाने सम्भावनाले टेवा पाउँछ ।


राजनीतिक दलमा एक पटक निर्वाचन हारे पनि अर्को चुनावमा उम्मेद्वार भए जस्तो होइन ब्यूरोक्रेसीमा र टेक्नोक्रेसीमा । कुलमानलाई  मुकेशले नयाँ पार्टी खोलेर चुनाव लड्न सुझाव दिन मिल्छ भने मैले पनि मुकेशजीलाई र सरकारलाई सुझाव दिन मिल्छ । मुकेशजी NEA को MD पदमा नियुक्ति पाउन मरिहत्ते नगर्नोस्, as a professional आजसम्म जे गर्दै आउनु भएको छ, इज्जतसाथ self employed भएर त्यसैलाई निरन्तरता दिनोस्, तपाइलाई सरकारले नियुक्ति गरि नै हाल्यो भने पनि NEA मा तँपाइका subordinate हरुले तपाइलाई  साथ दिनेछन् भन्ने नठान्नोस् किनकि NEA मा तँपाइका subordinate हरु पनि तपाईं जत्तिकै योग्य इन्जिनियर हुन् । डिल्लीबजार कारागारमै रहनु परेपनि आफू थुनिने तर घुस कसकसलाई  बाँडेको हो, गृह मन्त्रीलाई  पनि घुस दिएको थिएँ, भनेर मुख नखोल्ने पुलिसका IG जस्ता होइनन् NEA का तपाई का subordinate हरु ।


सरकारलाई के सुझाव दिन चाहान्छु भने कानून र जनमत कुलमानको पक्षमा भएकाले जनमतको कदर गरि कुलमानलाई  नै पुनर्नियुक्त गरोस्, होइन र कसलाई नियुक्ति गर्ने हो त्यो कुरा सरकारको स्वविवेकीय अधिकार हो भन्छ भने पनि स्वविवेकीय अधिकारको प्रयोग पनि कानून र वस्तुगत तथ्यमा आधारित भएर गर्नुपर्छ भनी सम्मानित सर्वोच्च अदालतबाट नजिर सिद्धान्त कायम भएका दृष्टान्त असंख्य छन् । सबैलाई चेतना भया । मलाइ एउटा कुरामा के विश्वास छ भने कुलमानजीको performance कानूनी रुपमा अत्यन्त सबल छ, कतै खोट लगाउने ठाउँ छैन, नत्र यो सरकारले विद्युत माफियाको इशारामा कुलमानजीलाई उहिल्यै ठाउँ का ठाउँ झ्यालखानामा हाली मुद्दा लगाइसकेको हुन्थ्यो ।


प्रधानमन्त्री र उर्जामन्त्रीले आँफैले नै कानून उल्लेख गरी लिखित आदेश नदिने र कुनै कानूनी र सार्वजनिक जवाफदेही नभएका प्रशासनिक अनुभवशून्य गैरकानूनी हैसियतका तथाकथित सल्लाहकारहरुले टेलिफोन मार्फत दिएको आदेशलाइ टेरेन तसर्थ यही आधारमा कुलमानलाइ पुनर्नियुक्त नगर्ने हो भने कुलमान र मुकेश दुवैलाई नियुक्त नगर्नु नै सरकारको हितमा हुन्छ । नत्र कुलमानलाई  नियुक्त नगरी मुकेशलाई नियुक्त गरेमा सरकारले आफ्नो खाल्डो आँफै खन्न थालेछ भनी बुझ्नु पर्ला, भीरबाट खस्या गाईलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिन्न । मूर्खको मनमा अर्ति काँढा तुल्य बिझाउँछ भन्छन् । हेरौं के गर्दा रान् ।

साभार : श्रीप्रसाद पण्डितको वाल

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif