Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

जमैका बिजयी, सिपीएलमा सन्दीपको उत्कृष्ट प्रदर्शन


२०७७ भाद्र १४ गते , आईतवार प्रकाशित

 काठमाडौं । सिपिएल अन्तर्गत जमैका तल्लावह विजयी भएको छ ।

  त्यहाँ गए राती सम्पन्न खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो ।       जमैकाले दिएको १४८ रनको लक्ष पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रन बनाएर अल आउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो ।
    सेन्ट किट्सका लागि एविन लुइस र किरन पावेलले २१–२१ रन बनाए भने निक केलीले १६ तथा दिनेस रामदीनले १३ रन र इमरान खानले १० बनाएका थिए ।
    जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिए भने सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २(२ विकेट लिए । त्यस्तै मुजीबउर रहमानले एक विकेट लिएका थिए ।
    नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले एवीन लुइस र इस सोढीलाई आउट गरेका थिए । योसँगै सन्दीपले यस सिजनमा ६ खेलमा ९ विकेट लिएका छन् । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ६ व्केट गुमाउदै १४७ रन बनाएको थियो ।
    जमैकाका लागि ग्लेन फिलिपले सर्बाधिक ७९ रन बनए भने जेर्मीने ब्लाकवुडले २७, नक्रुमाह बोन्नरले १६, असिफ अलीले १४ रन बनाएका थिए ।   सेन्ट किट्सका रयाद एम्रिटले ३ विकेट लिएका थिए ।
    योसँगै जमैकाले ६ खेलमा तेस्रो जित हासिल गर्दै अंक तालिकामा तेस्रो स्थानमा पुगेको छ । त्यस्तै सेन्ट किट्सको भने यस सिजनमा यो छैठौ खेलमा पाँचौ हार हो ।
    अब जमैकाको अर्को खेल भदौ १६ गते बिहान ट्रीबागो नाइट राइडर्सविरुद्ध हुने छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif