Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

मनकारी घिमिरे जसले गरे आफ्नै खर्चमा विश्रामस्थल निर्माण


२०७७ भाद्र ११ गते , विहीवार प्रकाशित

मान्छेको ईच्छाशक्ति भए र गरे के हुँदैन । यसैका एक उदाहरणीय पात्र हुन् दोलखा जिल्ला बैतेश्वर गाउँपालिका–२  का टिकाराम घिमिरे ।

शिक्षण पेशामा आवद्ध भई २०६२ सालमा सेवा निवृत्त भएका घिमिरे हाल सुर्यविनायक नगरपालिका वडा. नं ३ मा बस्दै आएका छन् । सोही वडाको घिमिरे चोकको नामले चिनिने उक्त ठाउँमा उनले व्यक्तिगत खर्चमा विश्रामस्थलको स्थापना गरेका छन् । विश्राम स्थल निर्माण गर्न आफ्नो ३ महिनाको पेन्सन ५० हजार रुपिया उनले लगानी गरेका हुन् । 

यस्तो महामारीले मानिसहरुको जनजीवन र आर्थिक अवस्थामा नै असर पुर्‍याइरहेका बेला घिमिरेले भने सामाजिक भावले आफ्नै खर्चमा विश्रामस्थन बनाएका हुन् । सामान्य शिक्षकको पेन्सनबाट सर्वसाधारणहरुलाई सुविधा पुग्ने उक्त विश्रामस्थल बनाउनु आफैं स्वागतयोग्य कार्य हो । अन्य सामाजिक क्रियाकलापमा समेत उनी उत्तिकै सक्रिय छन् । 

घिमिरे हरेक बिहान कुचो समातेर आफ्ना टोल वरिपरि फ्यालिएका फोहोर संकलन गरेर डस्टबिनमा हाल्छन् र अरुले जथाभावि फोहोर फ्यालेमा पनि डस्टिबिनमा हाल्नु होला भनि सिकाउँछन् । सरल र मिलनसार स्वभावका घिमिरे त्यस क्षेत्रका लागि एक अनुकरणीय पात्रका रुपमा परिचित भएका छन् । 

समाजलाई केहि न केहि योगदान पुर्‍याउन रुचाउने समाजसेवी घिमिरे आगामी दिनमा पनि सामाजिक कार्यमा लागिरहने प्रतिवद्धता जनाउँछन् । विश्रामस्थलमा ट्रस निर्माण गर्ने र निःशुल्क खानेपानीको व्यवस्था मिलाउने सोच उनको छ । 


प्रस्तुति :ईश्वर बस्नेत

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif