Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

वार्षिक साधारणसभाको अन्यौल, भक्तपुर बचत संघले सुझायो विकल्प


२०७७ भाद्र ८ गते , सोमवार प्रकाशित

भक्तपुर बचत संघले विद्यमान असहज परिस्थितिमा सहकारी संस्थाले वार्षिक साधारणसभा गर्न कठिन भएको भन्दै वैकल्पिक उपायहरु सुझाउँदै सरोकारवाला निकायलाई पत्राचार गर्ने भएको छ ।

संघको संचालक समितिको हालै सम्पन्न नियमित बैठकले कोभिड–१९ का कारण सहकारी संघ संस्थाको साधारणा सभा सहकारी ऐन २०७४ बमोजिम गर्न अन्यौल सिर्जना भएकोले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा साधारण सभा संचालन सम्बन्धी अन्तक्र्रियाबाट प्राप्त राय सुझावका आधारमा तपसिल बमोजिम संस्थागत धारणा बनाई सदस्य संस्था, स्थानीय तह, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) र राष्ट्रिय सहकारी महासंघलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

बैठकले यसप्रकारका धारणा सार्वजनिक गरेको छ :
१) साधारण सभाको लागि गर्नुपर्ने आन्तरिक तयारी कार्य गर्ने । आन्तरिक तयारी अन्र्तगत समयमै लेखापरिक्षण सम्पन्न गर्ने, बजेट निर्माण गर्ने र प्रतिवेदनहरु तयारी गर्ने 

२) सहकारी ऐन २०७४ अनुसार लेखापरिक्षकको नियुक्ती साधारणा सभाबाटै भएकोले सामान्यतया स्थानीय तह वा अन्य निकायबाट स्विकृत लिन पर्दैन तर स्थानीय तहको सहकारी ऐनमा स्विकृती लिनुपर्ने भएमा स्विकृती लिने । अहिलेको विषम परिस्थितिमा समयमै लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्तिको स्विकृती हुने अवस्था नरहेमा साधारण सभाबाट नियुक्त लेखापरिक्षकबाटै लेखापरिक्षण गर्ने कार्य गरेमा बाधा नपर्ने र पछि अवस्था अनुकुल भएपछि स्विकृती लिने । 

३) साधारण सभाका लागि मिति तोकिएको भए हालको महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी स्थगित गर्ने र हाललाई साधारण सभाको मिति तय नगर्ने । तर बन्दाबन्दी वा निषेध आज्ञा नभएको अवस्थामा नेफ्स्कूनद्धारा मिति २०७७।४।३२ मा जारी एकिकृत स्वनियमन मार्ग निर्देशन २०७७ बमोजिम साधारण सभा कार्यविधि अबलम्बन गर्न सक्ने ।

४) कार्यअवधि सकिने अवस्थासम्म खुल्ला रुपमा साधारण सभा गर्ने वा निर्वाचन गर्न सक्ने अवस्था नरहेमा नियामक निकायहरुमा म्याद थपको लागि अनुरोध गर्ने ।

५) सहकारी ऐन २०७४ मा आर्थिक बर्ष सकेको ६ महिना भित्र साधारण सभा गर्नुपर्ने, यदि समयमा साधारण सभा नगरेमा र संचालक समितिले कार्यअवधि आफु खुशि थप गरेमा जरिवाना गर्ने प्रावधान भएतापनि कोभिड १९ को महामारीको कारण ऐनले तोकिएको समय अवधिमा साधारण सभा संचालन गर्न नसकिएमा जरिवाना नलाग्ने व्यवस्थाको लागि नियमक निकायमा अनुरोध गर्ने । साथै साधारण सभाको समय थप वा अर्को बर्ष एकै पटक साधारण सभा गर्न सकिने व्यवस्थाका लागि अनुरोध गर्ने ।

६) संस्थाबाट सम्बन्धि निकायहरुमा पठाउनुपर्ने प्रतिवेदन तथा विवरण र जानकारी विद्युतीय माध्यमबाट पठाउने । 
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif