Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

जमैकाको सन्दिप सम्मिलित क्यारेबियन प्रिमियरको बिजयी शुरुवात


२०७७ भाद्र ४ गते , विहीवार प्रकाशित

   जमैका तल्लावाजले हिजोबाट शुरु भएको सन्दीप लामिछाने सम्मिलितक्यारेबियन प्रिमियर लिग (सीपीएल)मा विजयी शुरुआत गरेको छ।

    प्रतियोगिताको तेस्रो तथा आफ्नो पहिलो खेलमा आज जमैकाले सेन्ट लुसिया जोक्सलाई ५ विकेटले पराजित गरेको छ।
        ब्रायन लारा एकेडेमी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५८ रनको योगफल तयार पारेको थियो।

    १५९ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको जमैकाले १८.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

    बलिङतर्फ ४ ओभरमा २३ रन खर्चिएका सन्दीपले १ विकेट लिएका थिए।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif