Monday, 28 September, 2020    |    २०७७ आश्विन १२ गते , सोमवार

उपत्यकाका सहकारी संस्था बन्द गर्न अपील


२०७७ भाद्र ३ गते , बुधवार प्रकाशित

पछिल्लो समय उपत्यकाभित्र पनि कोभिड–१९ को संक्रमण व्यापक बढ्दै गएपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले संयुक्तरुपमा उपत्याकाभर निषेधाज्ञा जारी गरेसँगै सहकारीमा पनि त्यसको प्रभाव परेको छ । 

उपत्यकामा रहेको विषयगत तथा जिल्लागत सहकारी संघ नेतृत्वले संयुक्त वक्तब्य निकाल्दै आगामी भाद्र १० गतेसम्म सबै संस्थाहरु बन्द गर्न आव्हान गरेका छन् । 

कोरोनाबाट उच्च सतर्कता अपनाउँदै संस्थाका आवश्यक गतिविधि भर्च्युअल रुपमा गर्न, प्रविधिको प्रयोग मार्फत सदस्यलाई सेवा दिन, सामाजिक दुरी कायम गर्न र वित्तीय कारोबारमा पर्न सक्ने जोखिमलाई कम गर्न सम्बन्धित संघहरुसँग समन्वय गर्न उनीहरुले आग्रह गरेका छन् ।  

कोरोनाका कारण कर्मचारीहरुसमेत जोखिममा रहेकाले संक्रमणबाट बच्नका लागि केहि दिनका लागि संस्था गर्नु परेको अपीलमा उल्लेख गरिएको छ । 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif