Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

सतर्कता अपनाई संस्था सञ्चालन गर्न राष्ट्रिय सहकारी महासंघको अपील


२०७७ श्रावण २९ गते , विहीवार प्रकाशित

पछिल्लो समयमा उपत्यका लगायत मुलुकभर कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुको नाममा ११ बुँदे अपील जारी गरेको छ ।

महासंघले सहकारी संस्थाहरुलाई ५० प्रतिशत जनशक्तिबाट समय घटाई सदस्यहरुलाई सेवा दिन, घरदैलो बचत संकलन बन्द गर्न, कार्यालय बन्द गर्नुपर्ने स्थितिमा सम्पर्क व्यक्ति तोकि सेवा दिन भनेको छ ।

त्यसैगरी अनलाइनबाट भच्र्युअल बैठक गर्न, मास्क तथा सेनिटाइजरको प्रयोग गर्न गराउन, सेवाग्राहीको ज्वरो नापेर मात्र कार्यालय प्रवेश गराउन सस्थाहरुलाई सुझाव दिएको छ ।

गत आ.व. २०७६/७७ को लेखापरिक्षण सतर्कतापूर्वक अघि बढाउन र जोखिम न्यूनिकरणका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्न महासंघले अपील गर्नुका साथै सहकारीहरुको वार्षिक साधारण सभाका लागि नियामक निकायसँग वैकल्पिक उपायहरुका बारेमा छलफल भइरहेको भन्दै नअत्तालिन महासंघले भनेको छ ।


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif