Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

काँग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा भण्डारी


२०७७ श्रावण २९ गते , विहीवार प्रकाशित

श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले बित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ । 

दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लाग्दै आएका भण्डारीको लामो समयसम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा मनोनयन गरेको जनाएको छ ।

त्यसैगरी नमस्ते नेपाल बहुउद्देश्यीय सहकारी संघका प्रबन्ध निर्देशक पुष्प बहादुर पौडेल र बाराही बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवन कुमार राइ उक्त समितिको सदस्यमा मनोनित भएका छन् । भण्डारी केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष हुन् भने पौडेल र राइ सञ्चालक हुन् । 

सहकारी अभियानको नेतृत्वदायी भूमिकामा रहँदै आएका भण्डारीले  आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने प्रतिवद्धता जनाएका छन् । 

नेपाली काग्रेसको विधान २०१७ (संसोधन सहित)को धारा २५–९ बमोजिम नियुक्ति गरेको जनाएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif