Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

मनकामना साकोसद्वारा अन्य तीन संस्थासँग एकिकरण


२०७७ श्रावण २८ गते , बुधवार प्रकाशित

बनेपामा रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले अन्य ३ वटा संस्थालाई एकिकरण गरेको छ । संस्थाले सिद्धार्थ बहुमुखी सहकारी, महाँकालज्योति बहुउद्देश्यीय सहकारी र पद्मश्री सहकारीलाई एकिकरण गरेको हो । सिद्धार्थ र महाँकाल काभ्रेका हुन् पद्मश्री भक्तपुरमा रहेको छ । एकिकरण पछि बनेको मनाकामना साकोसको केन्द्रिय कार्यालय बनेपा ५ मा रहेको छ भने अन्य संस्थाहरु सेवा केन्द्रको रुपमा परिवर्तन भएका छन् ।

संस्थाको तदर्थ समितिमा चारवटै संस्थाका अध्यक्षहरु सञ्चालकमा रहेको र ६ महिनापछि अधिवेशनले नयाँ सञ्चालक समिति चयन गर्नेछ । तदर्थ समितिको अध्यक्षमा मनकामनाका अध्यक्ष बालकृष्ण दाहाल रहेका छन् । त्यसैगरी उपाध्यक्षमा गोपाल प्रसाद घिमिरे, सचिवमा होमनाथ ढुंगेल, कोषाध्यक्षमा विदुर प्रसाद घिमिरे र लेखासमिति संयोजकमा मोतीप्रसाद सापकोटा रहेका छन् । संस्थाले १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति बनाएको छ ।

एकिकरणमार्फत ठूलो र दीगो संस्था बनाई सदस्यहरुलाई गुणस्तरीय सेवा दिने उद्देश्य रहेको अध्यक्ष दाहालले बताए । निकट भविष्यमा नै आयआर्जन सहकारी, हिमाल सहकारी, श्री कृष्ण सहकारी, जगत्गुरु सहकारी र ओमज्योति सहकारीलाई पनि एकिकरण गर्ने योजना रहेको उनले बताए । ती संस्था एकिकरण गरी संस्थाको कार्यक्षेत्र उपत्यकाका तीन जिल्ला र काभ्रेभर बनाउने योजना रहेको उनले बताए । तदर्थ समितिले नै सबै काम सकी मुलुककै अग्रणी संस्था बनाउने योजना रहेको उनले जनाए । एकिकरण पछि संस्थामा ६ हजार ४०० सदस्य, १६ करोड शेयरपूँजी र १ अर्ब ४५ करोड कुल वासलात पुगेको छ । 

एकिकरण कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा र विशिष्ट अतिथिमा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार राजकुमार हुमागाईं रहेका थिए । 

संस्थाले लकडाउन अवधिभरको चैत्र देखि जेठमहिनासम्म १५ प्रतिशत र असारमा १० प्रतिशत ब्याज छुट दिनुका साथै हर्जानामा शत्प्रतिशत छुट दिएको थिो । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif