Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

सहकारी अभियन्ता बाँस्कोटाको निधन


२०७७ श्रावण २७ गते , मंगलवार प्रकाशित

हिमालय सहकारी संस्थाका कार्यकारी अध्यक्ष उत्तम प्रसाद बाँस्कोटाको उपचारका क्रममा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विगत १० दिनदेखि घरमै आराम गरिरहेका बाँस्कोटामा थप जटिलता देखिएपछि साउन २३ गते उनलाई मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

लामो समयदेखि मधुमेह र स्वासप्रश्वासको समस्या रहेको र पछिल्लो समय ज्वरो आएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको सहकारी संस्थाबाट जानकारी प्राप्त भएको छ । 

हिमालय सहकारी संस्थाको स्थापनाकालदेखि हालसम्म कार्यकारी अध्यक्षको रुपमा काम गरेका बाँस्कोटाले २३ वर्ष उक्त संस्थामा योगदान दिएका छन् । सहकारीकर्मीहरुमाझ कुशल र सरल व्यक्तित्वको रुपमा परिचित बास्कोटाको निधनले सहकारी अभियानलाई नै क्षति पुगेको छ । 

मृतक बाँस्कोटाका श्रीमति, एक छोरा र तीन छोरी रहेका छन् । नेपालपत्रन्यूज डटकम उहाँप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif