Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

लोप भएका मानवका डिएनए गुफामा पाइन सक्ने खोज


२०७७ श्रावण २६ गते , सोमवार प्रकाशित

   संसारबाट लोप भइसकेका मानवका डिएनए उनीहरुका अस्थिपञ्जर फेला नपरेपनि गुफामा थिग्रिएर बस्ने वस्तुहरुमा फेला पार्न सकिने बैज्ञानिकहरुले बताएका छन् । सात वटा पुरातात्विक महत्वका क्षेत्रबाट संकलन गरिएका गेग्रानहरुमा अनुवंशिक वस्तुहरु फेला परेको अनुसन्धानकर्ताहरुले बताएका छन् । आदिकालका मानवहरुको अवशेष प्रायजसो एकदमै दुर्लभ रहेका बस्तु हुन् । तर नयाँ अनुसन्धानले परम्परागत सम्पदा भेटिएका स्थानका प्राचीन मानवको परिचय थाह पाउन मद्दत गर्ने जनाएको छ । ‘साइन्स’ नामक जर्नलमा उक्त अनुसन्धान सम्बन्धि नतिजा प्रकाशित गरिएको छ ।

स्पेनको नेचुरल साइन्स म्युजियमका वैज्ञानिक एण्टोनियो रोसासले यस सम्बन्धमा  भनेका छन — “हाम्रो अनुसन्धानले एउटा निक्कै ठूलो क्रमभंग गरेको छ, अब हड्डी वा अस्थिपञ्जरको अवशेष फेला नपर्दा पनि हामी चट्टानहरुको अध्ययन गरेर कुनै मानवीय प्रजातिले गुफाहरुको प्रयोग गरेका थिए या थिएनन भनेर भन्न सक्छौ ।’’ यो अनुसन्धानकर्ताहरुको टोलीले बेल्जियम, क्रोएसिया, फ्रान्स, रुस र स्पेनका सातवटा गुफाहरुको उत्खन्न गरी पछिल्लो निष्कर्षमा निकालेका हुन् ।उनीहरुले १४ हजार वर्ष देखि ५ लाख ५५ हजार वर्ष पुराना नमूनाहरु खोजेर जुटाएको बताइएको छ । त्यसक्रममा प्रयोगशालामा उनीहरुले जैविक कोषभित्रका ‘माइटोकोण्ड्रियल डिएनए’का साना साना अंशहरुको खोजी गरेका थिए ।

  त्यो खोजको क्रममा कोठाको तापक्रममा राखिएका गेग्रानका नमूनाहरुमा डिएनए पाइएको ती बैज्ञानिकहरुको भनाइ छ । वैज्ञानिकहरुले अनुसन्धानका क्रममा १२ वटा स्तनधारी परिवारसँग सम्बन्धित विभिन्न जनावरहरुको डिएनए आफूहरुले पत्तो लगाएको जनाएका छन् । त्यसरी पत्ता लागेको भनिएका डिएनए लोप भइसकेका एक प्रकारको हात्ती, गैँडा र गुफामा बस्ने भालु र हाइनाका रहेको बताइएको छ । वैज्ञानिकहरुले ती नमूनामा मानव जातिका डिएनए खोज्ने विशेष प्रयास गरेका थिए ।

  त्यसक्रममा ती बैज्ञानिकहरुले झण्डै ४ लाख देखि ४० हजार वर्ष पहिले अस्तित्वमा रहेका भनिएका नियानडर्थल भनिने मानवजातिको पूुर्खाको डिएनए चार वटा गुफाहरुमा पाएका थिए जहाँ मानव अस्थिपञ्जरको अवशेष भने थिएन । त्यसबाहेक वैज्ञानिकहरुले डेनिसोभेन्स भनिने झण्डै ५० हजार वर्षअघि अस्तित्वमा रहेका मानव प्रजातिका डिएनए पनि रुसमा फेला पारेका थिए ।वैज्ञानिकहरुले गुफामा भेटिएका ग्रेगानहरुको नियमित विश्लेषणले यस्ता लोप भइसकेका मानवप्रजातिका सीमित संख्यामा संरक्षित गरिएका अवशेषको वृद्धि र विस्तारमा मद्दत पु¥याउने उल्लेख गरेका छन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif