Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

बुद्ध भारतमा जन्मेको भन्ने भारतीय बिदेश मन्त्री एस. जयशंकरको दाबीको बिरोध


२०७७ श्रावण २५ गते , आईतवार प्रकाशित

 काठमाडौं । भारतीय बिदेशमन्त्री एस जयशंकरले   गौतम बुद्धलाई ‘महान् भारतीय’ भनेर  दिएको अभिव्यक्तिलाई नेपालका सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूले आपत्तिजनक भएको जनाएका छन् ।


  अहिले यो विषयको चैतर्फी विरोध भैरहेको छ भने  परराष्ट्र मन्त्रालयले भने यो विवादको विषय नै नभएको जनाएको छ ।

      परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यो विवादको विषय नभएको र गौतम बुद्ध ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा समेत नेपालमा जन्मिएका हुन् भन्ने कुरा स्थापित र अकाट्य तथ्य भएको साथै गौतमबुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा  समेत रहेको जनाएको छ ।

      ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित र अकाट्य तथ्य हो, बुद्धको जन्मभूमि बुद्धिज्मको उद्गम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपालको ततकालीन संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताएका थिए ।’

        भारतीय विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भएको जनाउँदै संसारले सम्झने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको जनाएका थिए ।  

यसैबीच, आइतवार भारतको विदेश मन्त्रालयले यसबारे प्रतिक्रिया जनाएको छ। सञ्चारकर्मीको जिज्ञाशाको जवाफमा उसले विदेशमन्त्रीको टिप्पणी बौद्ध सम्पदासँग जोडेर गरिएको जनाएको हो।
  बुद्धको जन्मस्थल नेपालमा रहेको लम्बिनैमै भएको कुरामा विवाद नरहेको पनि उक्त प्रतिक्रियामा उल्लेख छ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif