Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

उपत्यकामा निरन्तर बढ्दो संक्रमण, आज थप ९२ संक्रमित


२०७७ श्रावण २५ गते , आईतवार प्रकाशित

 उपत्यकामा संक्रमितको संख्या निरन्तर वृद्धि भइरहेको छ । आइतबार मात्रै उपत्यकामा ९२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जुन हालसम्मकै उच्च संख्या हो । काठमाडौंमा ९० र ललितपुरमा २ जना संक्रमित पुष्टि भएका हुन् । 
आजसम्म गरी काठमाडौं उपत्यकामा कुल ११३६ संक्रमितको पुगेका छन् । ती मध्ये काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित रहेका छन् ।

आइतबार देशभर ३८० संक्रमित थपिएका छन् । ४० जना संक्रमित निको भएका छन् । कुल कूल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ भने निको हुनेहरुको संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।

आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोभिड–१९ रोगका कारण मृत्यु हुने संक्रमितको संख्या ७५ पुगेको छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif