Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

कोरोना संक्रमित २२,९७२ पुगे, आज ३८० थपिए, मृतक ७५


२०७७ श्रावण २५ गते , आईतवार प्रकाशित

  काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  आज  आज पर्सा बीरगञ्जका १ र कास्की पोखराका १ गरी थप दुइजनाको कारोनाबाट निधन भएसँगै कोरोनाबाट मृत्युभएका मानिसहरुको संख्या ७५ पुगेको छ ।

      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ३८० जनाको रिपोर्ट पोजिटिभ आएको हो।


      कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रिय संक्रमितको संख्या भने ६ हजार पाँच सय ४४ छ ।
    पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन्। कुल डिस्चार्जको संख्या भने १६ हजार ३५३ पुगेको छ।


    कोरोना संक्रमित पाँच सय बढी स रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् ।
    त्यसरी नै संक्रमण शून्य भएका जिल्ला खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेकाछन्।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif