Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

साम्राज्यवादी युद्धको यो अर्को त्रासद दिन ९ अगस्ट !


२०७७ श्रावण २५ गते , आईतवार प्रकाशित

आजकै दिन ९ अगस्ट १९४५ मा बिहान ११ बजेर २ मिनट जाँदा अर्को जापानी शहर नागाशाकीको आकाशमाथिबाट गुज्रेको अमेरिकी बम बर्ष बिमान बी–२९ ले तत्कालीन बृटिश प्रधानमन्त्रीलाई संकेत गर्ने ’फ्याट म्यान’नामको अगष्ट ६ मा हिरोशिमामा खसालेकोभन्दा अझ शक्तिशाली बम खसालेर त्यो शहर र त्यसको जनजीवनलाई तहस नहस पारेको थियो । त्यो बिमानले नागाशाकीमा जुन बम खसालेको थियो त्यो ४०५० किलो तौलको प्लोटोनियमले बनेको बम थियो भने त्यसले ६।७ बर्ग किलोमिटर क्षेत्रलाई मात्र असर पुर्याएको थियो र त्यसले ७४ हजार मानिसलाई एकै चिहान पारेर मारेको थियो ।    तर हिरोशिमामा खसालिएको बममा यूरेनियमको प्रयोग गरिएको थियो । त्यसै कारणले हुन सक्तछ कि नागाशाकीमा मारिने मानिसहरुको संख्या हिरोशिमामा मारिनेहरुको संख्याभन्दा आधा अर्थात् ७४ हजार रहेको थियो ।   यद्यपि दुबै ठाउँमा बम किन खसालिएको हो भन्ने बारेमा पनि ठूलो बिवाद रहँदै आएको छ । त्यसमा पनि नागाशाकीमा परमाणु बम खसालिएको कुराको आधार अमेरिकाले जापानले आत्म र्समर्पण गर्न नमानेकोले भनेको छ भने १९६० को दशकदेखि नै कतिपय इतिहासकार र नागासाकीका तत्कालीन मेयरले समेत प्लूटोनियमले बनेको बमको परीक्षण गर्न र त्यसमा भएको खर्चलाई सही ठहराउनका लागि बम खसालिएको बताउदै आएका छन् ।   अर्काथरीले नागाशाकीमा गरिएको बम प्रहार तत्कालीन सोभियत समाजवादलाई दिइएको चेतावनी हो भन्ने पनि बिश्लेषण गरेका छन् ।किनभने झण्डै त्यसै बेला नै सोभियत संघ सुदूर पूर्बमा युद्धमा सामेल भइरहेको थियो ।तत्कालीन अमेरिकी राष्ट्रपति ट्रुमेन अमेरिकासँग एउटा मात्र होइन अनेकौं बमहरु छन् भन्ने भान पार्न पनि चाहन्थे ।   दशकौं बितिसक्ता पनि यो बिवाद रोकिएको र टुंगिन सकेको छैन कि जापानमाथि ती बमहरु अमेरिकाले किन खसालेको थियो — त्यसलाई कहिले पनि न्यायोचित ठहराउन सकिदैन भन्ने कुरा निरन्तर चल्दै आएको छ र आगामी दिनमा पनि जारी रहने छ ।   यसरी लगातारको बम बर्ष पछि १४ अगस्ट १९४५ मा जापानले बृटिश अमेरिकी धूरी समक्ष आत्म समर्पण गर्न बिवश हुनु परेको थियो । दुइ साम्राज्यवादी शिबिरको लडाईले बिश्वभरीमा ७ करोड जनता मारिएका थिए भने जापानमा मात्र ६ अगस्ट र ९ अगस्टमा गरेर २ लाख २५ हजार जति मानिस काल कलबित भएका थिए ।


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif