Saturday, 19 September, 2020    |    २०७७ आश्विन ३ गते , शनिवार

हिरोशिमा दिवस मनाउनुको के अर्थ हुन्छ ?


२०७७ श्रावण २२ गते , विहीवार प्रकाशित


  हरेक बर्ष अगष्ट ६ का दिन  हिरोशिमा दिवस पर्दछ । यो  १९४५ अगष्ट ६ को दिन हो । दोश्रो बिश्व युद्धको क्रममा अमेरिकाले जापानको सुन्दर शहर हिरोशिमामा ‘लिटिल ब्वाय’ नामको खतरनाक परमाणु बम बर्षाएको दिन हो यो । यसको तीन दिन पछि पुनः जापानको नागाशाकी शहरमा अगष्ट ९ का दिन ‘फ्याट म्यान’ नामको अर्को परमाणु बम अमेरिकाले बर्षायो । ती दुइटा भयाबह बम बर्षाले यस्तो अकल्पयनीय तहस नहस र बर्बादी मच्चायो कि दुबै शहरका गरेर झण्डै झण्डै साढे तीन लाख मानिस एकै झट्कामा मारिए । अनि त्यसपछि परमाणु बिकिरणको प्रभाव यसरी फैलियो कि जापानको एक पिढीपछि अर्को पिढी बिकलाङ्ग जन्मिदै गयो । यो त्रासद घटनालाई आज पनि जापान र बिश्वभरीका मानिसहरुले बिर्सिएका छैनन् ।
  आज त झन् बिश्वमा यत्तिका धेरै परमाणु शस्त्रास्त्र को थुप्रो लागेको छ कि तिनको संख्या १३ हजार ४५० पुगको तथ्यांक छ । आजका यी परमाणबिक हतियारहरुको मार हान्ने क्षमता जापाना खसालिएका १९४५ का ती दुइ शक्तिशाली आणबिक बमहरुको भन्दा कयौं गुणा बढी रहेको आणबिक हतियारका अध्येता बिज्ञहरु बताउँदछन् । अहिलेका यी बिकसित परमाणबिक हतियारहरुले आफ्नो अल्पकालीन तथा दीर्घकालीन प्रभावबाट मानब सहीत यो पृथ्बी अधिकांश जीवनलाई समाप्त पार्ने बिध्वंशक तथा सर्बनाशकारी क्षमता राख्दछन् । निश्चय नै शीत युद्धको चरम स्थितिको समयको तुलनामा आज परमाणु हतियारका बिरुद्ध जागरुकता बढेको छ तर पनि बिश्वभरीका प्राय सबैजसो यस सम्बन्धि बिशेषज्ञ के स्पष्ट मान्दछन् भने परमाणबिक हतियारसँग जोडिएको खतरा आज कम भएको छैन बरु अझ बढेर गएको छ ।
      यसो हुनुको कारण र कारक के देखिन्छ भने पहिलो कुरा त त्यो शीत युद्धको बेला अमेरिका र रुसका बीच परमाणु हतियारहरुको नियन्त्रण सम्बन्धि जुन सन्धिहरु इा सम्झौताहरु भएका थिए, तिनको असर आज तीब्र गतिमा कम हुँदै गएको या भएको छ । ती सन्धिहरुमध्येको एउटा सन्धि — द इण्टरमिडिएट–रेञ्ज न्यूक्लियर फोर्सेस’(आईएनएफ) २०१९ मै टुटिसकेको छ, जबकि अर्को ठूलो सन्धि ‘न्यू स्टार्ट’ पनि आउदो फेब्रुअरीमा नबिकरण होला भन्ने सम्भावना एकदमै कम रहेको छ । किनभने त्यसको तयारी यतिबेला एकदमै मन्द मात्र देखिन्छ । दोश्रो कारण के छ भने परमाणु शस्त्रास्त्र कम गर्ने सम्झौतहरु समयको साथसाथै कतिपय कमजोरीको शिकार भएका छन् । सन् १९८७, १९९१ र १९९३ मा अमेरिका र सोभियत संघ अर्थात रुसका बीचमा यस सम्बन्धि तीनवटा निकै महत्वपूर्ण सम्झौताहरु भएका थिए र तिनको ब्यापक स्तरमा बिश्वमा स्वागत पनि गरिएको थियो । अनि के पनि मानिएको थियो भने अब कम्तिमा यी दुइ ठूला शक्ति सम्पन्न राष्ट्रहरुका बीचमा परमाणु शस्त्र नष्ट गरिने छन् तर यथार्थमा के भयो भन्ने स्थिति बिश्व मानब बिकास प्रतिबेदन १९९४ ले बताउँदछ । त्यस अनुसार ती पछिल्ला दुइ देश बीच सम्पन्न सन्धिहरुले तनाब कम त भयो । तिनको पनि आफ्नो सीमा छ । ती सन्धिहरुमा के निर्देशन दिइएको छैन भने ‘युद्ध आयुध’ अर्थात् ‘वारहेड’ नै नष्ट गरिने छ ।
  एउटा समय यस्तो थियो कि जतिबेला परमाणु हतियारको उपयोगको खतराको कुरा आउदथ्यो या उठ्दथ्यो त्यतिबेला दुइ बिश्व महाशक्ति राष्ट्र अमेरिकार रुसको तर्फबाट नै खतरा आउने कुरा हुन्थ्यो । तर परमाणु हतियार भने बिश्वका नौ देशसँग रहेको छ । त्यति मात्रै होइन, आज त आतंकबादीहरुका बीचमा पनि साना खालका परमाणु हतियार पुगिसकेको सन्देह ब्याप्त छ । त्यसमा पनि चार–पाँचवटा यस्ता देशहरु पनि छन् जसले निकटा भबिष्यमा परमाणु हतिार प्राप्त गर्न सक्तछन् । अर्को एउटा अनुमान के पनि गर्ने गरिएको छ भने अमेरिकासँगको सम्वन्ध बढी तनाबपूर्ण हुन गए पछि चीनले पनि तीब्र गतिले आफ्ना परमाणु शस्त्रास्त्र बढाउन सक्तछ । हालै स्टकहोमा पीस रिसर्च संसथनले पनि आफ्नो एउटा प्रतिबेदनमा के बताएको छ भने जुन जुन देशहरुसँग परमाणबिक हतियारहरु छन् ती सबै देश आफुसँग भएका परमाणबिक हतियारहरुलाई अत्याधुनिक बनाउने दौड र प्रतिस्पद्र्धामा रहेका छन् । यसका अतिरिक्त युद्धमा परमाणु हतियाहरुको ‘ट्याक्टिकल’ हतियारकोरुपमा उपयोग हुने आशंका पनि गर्ने गरिदै आएको छ । यसको स्पष्ट अर्थ हो कि कुनै पनि देशको बढ्दो सेनालाई रोक्नका लागि रणभूमिका यसको उपयोग हुन सक्तछ ।
  यी सबै पूर्बानुमान र र आशंकाहरुलाई ध्यानमा राखेर यस सम्बन्धि कतिपय बिशेषज्ञहरुले के मान्न थालेका  छन् भने परमाणु हतियारको खतरा झन बढ्न थालेको छ । यसका अतिरिक्त, जस्तो किसिमले अन्तरिक्षलाई सैनिकीकरण गर्ने कुरा तीब्ररुपमा बढाइएको छ त्यो पनि आज ठूलो चिन्ताको बिषय बनेको छ । 
  बिश्वमा शान्ति र सुब्यबस्था कायम गर्ने दिशामा काम गर्दै आएका कतिपय संस्थाहरुको के मान्न थालेका छन् भने कुनै पनि अबस्थामा अन्तरिक्षमा कुनै पनि परमाणु हतियारको प्रबेश हुनु हुँदैन । त्यसैले आजको यस्तो भयावह स्थितिमा समयको ज्वलन्त माग के रहेको छ भने परमाणु हात हतिायरको भयावह र अकल्पनीय बिध्वंसकताको अभिशापबाट यो हामी बसेको धरतीलाई मुक्त गरिनु पर्दछ । यसको लागि बिश्व स्तरमा सबै शान्तिकामी नागरिकहरु र संस्थाहरुले एउटा बृहत बिश्व अभियान नै चलाउनु पर्दछ ।
  यस कुरामा कुनै दुइ मत नहोला कि संयुक्त राष्ट्र संघका अधिकांश सदस्य देशहरु पनि परमाणु हतियार मुक्त बिश्व नै चाहन्छन् र त्यसको वकालत गर्दै आएका पनि छन् । कतिपय परमाणु शक्ति सम्पन्न राष्ट्रहरु पनि परमाणु हतियार मुक्त बिश्वकै उदेश्यको पक्षमा रहेका पनि देखिन्छन् । «वास्तबमा परमाणु शक्ति सम्पन्न राष्ट्रहरुले यसको तुजुक र बल देखाएर भन्दा बिश्व र मानब समाजप्रति यस्तो  जिम्मेवारी देखाउनु नै एउटा मानबीयता पनि हो । यस प्रकारको दायित्वबाट उनीहरु पनि उम्किनु हुँदैन र उम्किन पाउँदैनन् । यसरी परमाणु हतियारको उत्पादन, ओसारपसार र प्रयोग नगर्ने दिशामा दृढतापूर्बक खडा हुँदा नै वास्तवमा ‘हिरोशिमा दिवस’ मनाएको र हिरोशिमा र नागाशाकीको १९४५ अगष्ट ६ र ९ को त्रासदीलाई स्मरण गरेको पनि सार्थक हुन्छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif