Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

सामूहिक साकोसका दुई सेवाकेन्द्रको उद्घाटन


२०७७ श्रावण १८ गते , आईतवार प्रकाशित

सामूहिक बचत तथा ऋण सहकारी संस्थाले दुई सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ६ स्थित बुद्ध सदस्य सेवाकेन्द्रको नगर प्रमुख वासुदेव थापाले र मध्यपुर थिमी नगरपालिका वडा नं. ६ स्थित समता सदस्य सेवाकेन्द्रको वडा अध्यक्ष इन्द्र बहादुर प्रजापतिले उद्घाटन गरेका हुन् ।  
उद्घाटन कार्यक्रमको सभापतित्व बुद्ध सदस्य सेवाकेन्द्रका लागि बुद्ध सदस्य सेवाकेन्द्र सञ्चालन उपसमितिका संयोजक मानध्वज तामाङ्गले र समता सदस्य सेवाकेन्द्रका लागि समता सदस्य सेवाकेन्द्र संचालन उपसमितिका संयोजक चन्द्रलाल भोमीले गरेका थिए ।
कार्यक्रममा एकीकरण पूर्वका साविक बुद्ध साकोस र समता साकोसका तत्कालिन संचालक समिति, लेखा सुपरिवेक्षण समिति र संस्थापक अध्यक्षलाई प्रमुख अतिथिहरुबाट प्रशंसापत्र पनि वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि वासुदेव थापा र इन्द्र बहादुर प्रजापतिले भक्तपुर जिल्लाको चारैवटा नगरपालिकाहरुले सहकारी नियमन, अनुगमन र अन्य प्रशासनिक प्रकृयाहरुमा एकरुपता ल्याई सहकारीसँग सम्बन्धित सम्पूर्ण कामकाज सहज बनाउनको लागि चारैवटा नगरापलिका प्रमुखहरु एकै ठाउँमा बसि छलफल गर्नु पर्नेमा जोड दिएका थिए । 



जिल्ला सहकारी संघका उपाध्यक्ष कृष्णभक्त घजु र संचालक सदस्य सहना पसखलले संस्था बलियो हुनको लागि टिम बलियो हुनु पर्ने र नियमन निकायनै कमजोर भएकोले सहकारी क्षेत्रमा विकृति भित्रिएको धारणा व्यक्त गरे । अधिराज्यभरि ३४ हजार भन्दा बढि सहकारी रहेको र त्यस मध्ये ४० प्रतिशत भन्दा बढि बचत तथा ऋण सहकारी संस्था रहेकोले यी संस्थाहरु समुदायमा आधारीत रहि सही मानेमा सदस्यको सेवा गर्नु पर्नेमा उनीहरुको जोड थियो ।
्भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि बल्ल र कोषाध्यक्ष कान्छा भक्त घजुले सहकारी संस्था स्वनियममा चल्ने स्वायत्त संस्था भएकोले लेखा परीक्षक नियुक्तिमा स्थानिय निकायले हस्तक्षेप गर्न नहुने र यस महामारीको बेला साधारण सभा सम्पन्न गर्नको लागि सहकारी विभाग तथा नियमन निकायबाट आवश्यक मार्ग निर्देशन आउनु पर्नेमा ढिलाई भइरहेको उल्लेख गरे ।
सामूहिक साकोसका संस्थापक अध्यक्ष श्याम प्रसाद मुनंकर्मीले दुइटा सेवाकेन्द्र एकैदिन उद्घाटन गर्न सक्नु सामुहिकको ठूलो सफलता भएको र सामुहिकका दुईवटा नयाँ पालुवा पलाएको उल्लेख गर्दै आउने दिनमा बोटसँगै पालुवा पनि झन् बलियो हुँदै जाओस् भनि शुभकामना व्यक्त गरे ।
संस्थाका अधिकृतद्वय शिला गोसाई र विन्द्र नायभाले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्याय, लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, सचिव कृष्णहरी सैंजु, उपाध्यक्ष राजाभाई भेले र सल्लाहकार मोहनकृष्ण श्रेष्ठले आ–आफ्नो मन्तव्य राखेका थिए । 
सेवाकेन्द्र उद्घाटनको उपलक्ष्यमा खुल्ला रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif