Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

मूल्य बढाउदै घाटा सुनाउँदै गर्छ आयल निगम


२०७७ श्रावण १८ गते , आईतवार प्रकाशित

          काठमाण्डौं । नेपाल आयल निगमले पुनः आजदेख िलागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटरमा दुई रुपैयाँ मूल्य बढाएको छ । निगमले आज शनिवार राती १२ बजेदेखि लागु हुने गरी डिजेल पेट्रोलमा प्रतिलिटर दूई रुपैयाँ मुल्य बढाएको हो ।     इण्डियन आयल कर्पाेरेशन(आइओसीं)लेहिजो १ अगष्टमा पठाएको मूल्य बढेर आएकाले स्थानीय बजारमा मुल्य बढाइएको निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिएका छन् ।         अब बढाइएको नयाँ मूल्य अनुसार अव पेट्रोल प्रति लिटर एक सय ४ रुपैयाँ र डिजेल(मट्टितेल ९० रुपैयाँ पुुगेको छ ।     पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले त्यसको प्रत्यत्क्ष प्रभाव स्थानीय बजारमा पर्न गएको भन्ने निगमको भनाई छ ।     प्रतिलिटरमा दुई रपैयाँ मूल्य बढाउँदा पनि पेट्रोलमा एक रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा घाटा रहेको उपाध्यायले जानकारी दिएर निगम घाटामा रहेको गुनासो उपभोक्तालाई सुनाएका छन् ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif