Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

नेपालमा कोरोना संक्रमित संख्या २० हजार नाघ्यो


२०७७ श्रावण १७ गते , शनिवार प्रकाशित

  आज देशभरिमा गत चौबीस घण्टामा थप ३१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार दिएको छ । अहिलेसम्म समग्र संक्रमित संख्या २० हजार ८६ पुगेको छ ।     कोरोनाबाट देशमा अहिलेसम्म ५६ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ । यही अवधिमा ९३ जना सङ्क्रमणबाट निको भएको बताइएको छ । अहिलेसम्म ७२५ प्रतिशतभन्दा बढी रोगमुक्त भएका छन् ।   मन्त्रालयको तथ्याङ्क अनुसार अहिले सक्रिय सङ्क्रमण भएका कूल ५,५३८ व्यक्ति देशभरि आइसोलेशनमा छन्।     अनि विगत २४ घण्टामा पीसीआर विधिबाट ६,९९३ वटा परीक्षण भएको र कुल पीसीआर परीक्षणको सङ्ख्या ३,८२,४०९ रहेको मन्त्रालयले जनाएको छ ।     यसरी नै कुल निको हुनेको सङ्ख्या १४,४९२ रहेको छ ।       स्वास्थ्य मन्त्रालयले लकडाउन खुकुलो पारिएको ११ दिन अघि र ११ दिन पछिको तुलना गरेर आँकडा प्रस्तुत गर्दा यो अवधिमा सङ्क्रमण पाइने दर ०.८ प्रतिशतले बढेको देखिएको जनाएको छ ।      “साउन ७ देखि १७ गतेको अवधिमा ५८,१७४ पीसीआर परीक्षण गरिएको र त्यसमा २,०९२ जना सङ्क्रमित पाइएको थियो ।  त्यो भनेको ३.८५ सङ्क्रमण दर हो,“ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।       साउन ७ भन्दा ११ दिन अगाडिको अवधिमा भने ४७,८७७ पीसीआर परीक्षण गरिएको र त्यसमा १,३४५ जना सङ्क्रमित पाइएको बताइएको छ, जुन २.८५ हुन आउँछ ।       डा गौतमले सीमानाकामा स्थलमार्गबाट नेपाल आउनेहरूको स्वाब परीक्षणको नतिजा नआउञ्जेल क्वारन्टीनमै राख्न स्थानीय निकायहरूलाई अनुरोध गरेका छन् ।     साथै, उनले सरकारी कर्मचारीहरूलाई पनि उचित किसिमले मास्क लगाउन र दूरी कायम गर्न अनुरोध गरेका छन्। पच्चीसजनाभन्दा धेरै सहभागी भएका गोष्ठी, बैठक वा अन्य कार्यक्रम नगर्न भन्दै अन्यथा गरिए घातक अवस्था आउने उनले चेतावनी पनि दिएका छन् ।     अहिलेसम्मको स्थितिमा विश्वका विभिन्न देशमा कोरोनाभाइरस सङ्क्रमितहरूको आँकडा राख्दै आएको अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तालिका अनुसार शनिवार अपरान्हसम्म धेरै सङ्क्रमित भएका मुलुकको सूचीमा नेपाल ६५औँ स्थानमा रहेको छ ।     यता दक्षिण एसियामा सबभन्दा धेरै सङ्क्रमित भारत अनि त्यसपछि पाकिस्तान, बाङ्ग्लादेश तथा अफगानिस्तानमा रहेका छन् छन् ।     भारतमा करिब १७ लाख सङ्क्रमित पुगेका छन् र भारत विश्वमै तेस्रो स्थानमा  । पाकिस्तान पौने तीन लाख सङ्क्रमित सहित १३औँ अनि बाङ्ग्लादेश दुई लाख ३७ हजार सहित १६औँ स्थानमा छन् ।      माल्दिभ्स, श्रीलङ्का तथा भुटानमा चाहिँ नेपालमाभन्दा कम कोरोना सङ्क्रमित पाइएका छन्।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif