Sunday, 29 November, 2020    |    २०७७ मंसीर १४ गते , आईतवार

बकरिद मुबारकबाद


२०७७ श्रावण १७ गते , शनिवार प्रकाशित

        उच्च बलिदानको भावनाले ओतप्रोत रहेको मुस्लिम धर्माबलम्बीहरुको महान चाड बकरिद(इद–उल–जोहा)को पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा नेपाल कम्युनिष्ट पार्टी बकरिद मुबारकबाद ब्यक्त गर्दछ र नेपाली जनताको ब्यापक  एकता, राष्ट्रि स्वाधीनता तथा सार्बभौमिक अखण्डताको रक्षा एवं चौतर्फी उत्तरोत्तर प्रगतिको निम्ति पहिला पहिलाभन्दा अझ बढी सजग र सकृयताकासाथ अग्रसर हुन मंगलमय हार्दिक शुभकामना ब्यक्त गर्दछ ।          बिबिध धर्म सस्कृतिको अस्तित्व रहेको हाम्रो देशमा सबैको समान सम्मान, सुरक्षा र समुन्नति हुने गरी  राष्ट्रिय ब्यबहार र आदर सम्मान तथा सद्भाव कायम  र अभिबृद्धि गर्दै नेपालको राष्ट्रिय एकतालाई अझ सुदृढ र सबल तुल्याउन र  नेपाललाई आत्मनिर्भर बनाउन यस्ता पावन चाड पर्वले पनि प्रेरणा दिऊन भन्ने शुभ भावना नेपाल कम्युनिष्ट पार्टी  ब्यक्त गर्दछ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif