Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

आज किसान मुक्ति आन्दोलनका नेता भीमदत्तको ६७औ स्मृति दिवस


२०७७ श्रावण १७ गते , शनिवार प्रकाशित

  नेपालमा २००८ सालको किसान आन्दोलनका सुदूर पश्चिमका सशक्त नेता भीमदत्तको आज ६७औ मृति दिवस हो । उनले किसान बर्गलाई सामन्ती शोषणबाट मुक्त गर्ने आन्दोलनको सही दिशाबोधकासाथ नेतृत्व गरेका थिए । उनले ‘सामत्ती जमिनदारहरुलाई ललकार्दै — ‘‘कि त जोत हलो, कि त छोड थलो, यदि होइन भने अब हुन्न भलो’ भन्ने जागरण गीतका साथ किसानलाई जगाउने, उठाउने र संगठित गरेर अघि बढाउने कार्य गरेका थिए । राणा शासन बिरोधी आन्दोलनमा सक्रियरुपमा होमिएका किसान नेता पन्त भारतमा पढ्दा बृटिश साम्राज्यबाद बिरोधी आन्दोलनमा लागेका कारण १८ महिना भारतमै पनि जेल परिसकेका थिए ।
     नेपाली किसानको गए गुज्रेको हालत र नून समेत खान नपाउने अबस्था देखेका पन्तले किसानका निम्ति उनले चलाएको नुन आन्दोलन चर्चित छ । त्यस आन्दोलनमा सरकारी गोदामको नून कब्जामा लिएर किसानहरुका बीचमा बाडेका थिए । त्यस क्रममा पक्राउ परेर जेलमा राखिएका थिए । तर उनी जेलबाट भागेर निस्के र  किसान आन्दोलन अघि बढाउन सक्रिय रहे । त्यसै क्रममा तत्कालीन मातृका सरकारले भारतीय सेनाको समेत सहयोग लिएर घेरा हाली उनको २०१० साल श्रावण १७ हत्या गरेको थियो । सरकारले उनी लुकेको किसानको घर पत्ता लगाउन क्रान्तिकारी नेता पन्तकै मितलाई उनका बिरुद्ध प्रयोग गरेको इतिहासकारहरु उल्लेख गर्दछन्  । उनको हत्यामा उनलाई जान्ने चिन्ने पूरै गाउँ शोक बिह्वल भएको थियो ।
          जातपात र छुवाछुत बिरोधी आन्दोलनकारी बीर किसान नेता २००९ सालमा काठमाण्डौ आएर सदस्यता लिई कम्युनिष्ट पार्टीमा सम्मिलित भइसकेका  थिए । त्यसपछि उनले भारतको तेलंगनामा भएको किसान बिद्रोहका नेताहरुसँग पनि सम्पर्क राखेको र किसान आन्दोनलका अनुभवहरुबाट शिक्षा लिएर अघि बढ्न खोजेका थिए । किसानको मुक्ति तथा जातापात र छुवाछुतको अन्त्य गर्ने  उनको सपना अझै पूरा भएको छैन ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif