Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

बकरिदको बेला मौलान महमूद र अब्दुल गनी अलकुफीबाट साउदी सरकार र राजा सलमानलाई बधाई !


२०७७ श्रावण १७ गते , शनिवार प्रकाशित

  मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर यो बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्लाहको सम्मान गर्दै यो बर्ष दस हजार जनालाई मात्रै हज गर्न दियो ।    ती दश हजारमध्ये तीस प्रतिशत साउदी अरबका मूल निवासी र ७० प्रतिशत विश्वबाट आएका थिए । हज गर्दा कोरोना भाइरसबाट बच्नको लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीकासाथ हज यात्रा सम्पन्न भएकोमा साउदी अरबका जनता र विश्वका मुस्लिम समुदायमा खुशी उत्पन्न भएको छ र यस्तो व्यबस्थितढंगले हज यात्रा सम्पन्न गराउने साउदी सरकारलाई प्रदेश नं.५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना महमूद खांँ नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनी अलकुफीले बधाई दिएका छन् ।
   साथै साउदी अरबका राजा शाह सलमान लामो समयदेखि बिरामी भई अस्पतालमा भर्ना भएर उपचार गराउदै आएका थिए वहाको स्वास्थ्य अवस्थामा सुधार भई मुस्लिम धर्मावलम्वीहरुको महान पर्व इदुल अजहा (बकरीद)को एक दिन पहिलानै अस्पताल बाट घर फर्कदा मदरसा बोर्डका उपाध्यक्ष र राष्ट्रीय अध्यक्षले  खुशी व्यक्त गर्दै वहाको सस्वास्थ र दीर्घायु को कामना समेत गरेका छन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif