Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

धरानवासीहरुले खानेपानी संस्थानबाटै खानेपानी पाउनुपर्छ : रत्नमणि राई


२०७७ श्रावण १६ गते , शुक्रवार प्रकाशित

 काठमाडौं । सुनसरी धरान खानेपानी संघर्ष समितिले खानेपानी संस्थान शाखा कार्यालय धरानले नै धरानवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेको छ । धरानवासीले विगत लामो समयदेखि खानेपानीको समस्या भोगिरहेको र सरकारले अहिलेसम्म यसबारेमा ठोस कदम नचालेको संघर्ष समितिको गुनासो छ। अहिले वर्षायाममा पनि धरानवासी खानेपाीको अभावमा बाँच्नुपरेको र ट्यांकरबाट पानी किनेर पिईरहेको वस्तुगत अवस्था समितिले सुनाएको छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो गुनासो पोखेको हो । समितिका सह–संयोजक रत्नमणि राईले खानेपानी संस्थान, धरानले नै आफूहरु धरानवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे । बुझाएको ज्ञापनपत्रको ब्यहोार यस प्रकार छ :
सुनसरी धरान खानेपानी संघर्ष समितिले खानेपानी संस्थान शाखा कार्यालय धरानले नै धरानवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरेको छ । धरानवासीले विगत लामो समयदेखि खानेपानीको समस्या भोगिरहेको र सरकारले अहिलेसम्म यसबारेमा ठोस कदम नचालेको संघर्ष समितिको गुनासो छ। अहिले वर्षायाममा पनि धरानवासी खानेपाीको अभावमा बाँच्नुपरेको र ट्यांकरबाट पानी किनेर पिईरहेको वस्तुगत अवस्था समितिले सुनाएको छ ।    शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो गुनासो पोखेको हो । समितिका सह–संयोजक रत्नमणि राईले खानेपानी संस्थान, धरानले नै आफूहरु धरानवासीलाई खानेपानीको व्यवस्था गर्नुपर्ने माग गरे । बुझाएको ज्ञापनपत्रको ब्यहोार यस प्रकार छ : जिल्ला धरान उपमहानगर पालिकाको छेउमा सप्तकोसी नदि बगेपनि धराने नागरिकहरुले पानीको समस्या दिनका दिन भोग्नु परेको छ। जलस्रोतको धनी देश नेपाल भएपनि नेपाल सरकारको कम्जोरिको कारण, सरकारको ध्यान नेपाली नागरिको समस्या प्रती नभएको कारण नेपाली नागरिकहरुले धेरै दुख पाउनु परेको छ। पानीको समस्यालाई हल गर्नुको निमित्त धरान उपमहानगरपालिकाले एकीकृत शहरी बिकास परियोजना अन्तर्गत IUDP( Integrated urban devlopment project)  सन 2012 मा अगाडि बढ्यो। एशियाली बिकाश बैंक बाट २२.०७ मिलियन अमेरिकी डलर अर्थात तत्कालीन मुद्रा सटही अनुसार ( अरब १६ करोड लाख रुपैया, ( ३५% ऋण रु ७५ करोड ६१ लाख ४० हजार, धरान उपमहानगरपालिकाको १५% रु ३२ करोड ४० लाख ६० हजार रुपैया, रु ५०% अनुदान अरब करोड लाख ) कुल लागत्को परियोजनालाई अगाडि बढायो यो परियोजनले धरानको नागरिकहरुलाई ठग्नु खोजेको भनि विभिन्न राजनीति दल संघ संस्थाहरुले बिरोध गरेपनी जबर्जस्ती गुन्डागर्दी शैलीमा यो परियोजना अगाडि बढ्यो। IUDP को परियोजना विरुद्ध धरानमा वटा संघर्ष समिति भयो। अझै सम्म यो संघर्ष भैरहेको छ। सर्बदलिय तथा सर्बपक्षिय खानेपानी सयुकत संघर्ष समिति धरान उपमहानगरपालिका बिच ११ बुदे सहमतिमा भुमिगत स्रोत वटा वेल बाट करोड ५२ लाख २० हजार लिटर पानी प्रतिदिन उत्पदन गर्ने सहमति छ। आयोजनाको DPR मा सन २०३१ सम्म ४४ हजार घरधुरीलाई न्युनतम १६ घन्टा अधिकत्तम २४ घन्टा मिटरको प्रेसरमा दैनिक वितरण गर्ने उल्लेख छ। तर आज सहमती DPR मा भए बमोजिम उत्पादन वितरण गर्नु सकेको छैन। IUDP परियोजना सन २०१७ मा पूरा गर्ने भनेपनि बिबिध कारण देखाउदै पटकपटक म्याद थप गर्दै सन ३१ दिसेम्बर २०१९ सम्म पुग्यो। यहि बिसयमा मिति २०७६ पुष १५ गते उधोगबानिज्य संघको भवनमा धरान उपमहानगरपालिकाले गरेको सार्बजनिक सुनुवाइमा समेत सम्पुर्ण राजिनिती दल बुद्धिजीवी , नागरिक समाज साथै धरानका सरोकारवालाहरुले समेत आयोजनाको कमजोरी माथी चर्को बिरोध गरेका थिए। यहि २०७७ सालमा DPR बाहेक वट वेल थप गरिएको थियो। वेल सफल भयो भनेर मेयर तिलक राई ज्युले उद्घाटन गरेको १५ दिन पछि वेल भासियो।   असफल IUDP परियोजनाको कारणले धराने नागरिकहरु ठगिनु परेको छ। यो असफल परियोजनाबाट उपभोक्ताहरुले / बर्ष  अघि देखि १० हजार १२ हजार १५ हजार पैसा तिरेको भएपनि  अझैसम्म धारा पाएका छैनन, धारा पाएपनी पानी पाएको छैन,पाएको हरुले पनि नेपाल खानेपानी संस्थान को भन्दा दोब्बर तेब्बर महँगो बिल तिर्नुपरेको छ। अहिले संस्थानको मिटर मा धरान खानेपानी बोर्डले पनि पानीको बिल दिनु थालेपछि सर्बसाधारान हरु अल्मलिन थालेका छन यसरी धराने नागरिकहरुले समस्या भोग्न बाध्य भएका छन। भर्खरै धरान नगरसभाको बैठकद्वारा २०७७ भदौ मसान्तसम्ममा खानेपानी संस्थानलाई धरान खानेपानी ब्याबस्थापन बोर्डमा लैजाने निर्णय गरेको प्रति संघर्ष समितिहरु लगायत सम्पुर्ण धराने नागरिकहरुले बिरोध जनाएको छन। परियोजनाले परिक्षणकालमै लक्ष्य बमोजिम पानी उत्पादन गर्नु  सकेको छैन। केही अनुगमन समितिका अनुसार ६२ लाख लिटर पानी उत्पादन भएको देखाए पनि नेपाल खानेपानी संस्थानको पानी IUDP को टंकीमा लगाएको हुनाले यसको मान्य हुनेछैन। यसरी अधुरो अपुरो अप्रमानित खानेपानी योजनालाई यथास्थिति मै राखेर धराने नागरिकहरुलाइ छल्दै मन्त्रालयबाट सिधै नेपाल खानेपानी संस्थानलाई जिम्मालिन धरान उपमहानगरपालिकाको मेयर, उपमेयर लगायत १७ जनाको जम्बो टोलि खानेपानी मन्त्रालय लगायत मन्त्री, दलका सिर्स नेताहरु समक्ष हप्तौ सम्म डेलिगेसन गएको प्रति संघषं समिति घोर आपत्ति निन्दा गर्दै, संघष समितिपनि नेपाल खानेपानी संस्थानको प्रधान कार्यलय त्रिपुरेसोरमा GM भुपेन्द्र प्रसाद खानेपानी सस्थानका अध्यक्ष जिउलाल चौधरिलाई श्रावन १३ गते खानेपानी मन्त्रालयका माननीय मन्त्री बिना मगर ज्युलाई सबै प्रमाणको साथमा ज्ञापन पत्र समेत श्रावण  १४ गते बुधबारको दिन बुझायौ। मन्त्रीज्युले पनि सत्यतथ्य छानबिन गरि धराने नागरिकको पकक्षमा निर्णय गर्ने प्रतिबद्धता जाहेर गर्नुभाको छ। धराने नागरिकहरुको १५% लगानी भएको आयोजनामा सुचनाको हकमा आर्थिक पारदर्शिता समेत गरेको छैन। यसै कारण खानेपानी सस्थानलाई धरान खानेपानी बोर्डमा समयोजन गर्न नहुने धराने नागरिक हरुले सस्थानकै पानी पिउनु पाउनु पर्ने माग गर्दै आइरहेको छ। सिमित ब्याक्तिहरुको स्वर्थका लागी नेपाल खानेपानी सस्थान्लाई बोर्डमा समायोजन गरिए धराने नागरिकहरु कडा आन्दोलन गर्न बाध्यहुनेछन। यसको जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने अग्रिम जानकारी गराउदछौ। यसै पत्रकार सम्मेलन मार्फत धरानमा भएको खानेपानि सम्बन्धि  भ्रष्टाचारको छानबिन गरि दोषीलाई कडा कारभाइ गरियोस भनि नेपाल सरकार सम्बन्धित निकाय को ध्यानाकर्षण गराउन चाहान्छौ अख्तियारमा धेरैपटक उजुरी दिदापनि छानबिन गरि कारभाई नगरेको नेपाल सरकारलाई जानकारी गरौदछौ।                                                                                                 रत्नमनि राई                                                                                  सहसयोजक संघर्ष समिती धरान सुनसरी

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif