Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

निर्मला पन्त हत्या विरुद्ध मुद्धा नै दर्ता छैन ?


२०७७ श्रावण १६ गते , शुक्रवार प्रकाशित

       कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको दुई वर्षअघि बलात्कारपछि गरिएको हत्याको कुनै पनि मुद्धा नै दर्ता गरिएको छैन । केवल प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीविरुद्ध उजुरी दर्ता भएको थियो । त्यो मुद्धाबाट अहिले सबै ८ जना आरोपीहरुले सफाइ पाइसकेका छन् ।
    सार्वजनिक न्यायविरुद्धको कसुर र यातनासम्बन्धी कसुरका नाममा दर्ता भएको उक्त मुद्धामाथि जिल्ला अदालत कञ्चनपुरले फैसला गरी आरोपीहरुलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको थियो ।         अब ती मुद्धा लागेपछि निलम्बित गरिएका सबै प्रहरी अधिकारीलाई जिल्ला अदालतको सफाइसँगै आफ्नो जिम्मेवारीमा फर्कने बाटो खुलेको छ । यद्यपि सफाई पाएकामध्ये एसपी बिष्ट र इन्सपेक्टर जगदीश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएकाले उनीहरुको पुर्नवहालीको मौका छैन । प्रहरी संगठन भन्छ, सफाइ पाएका प्रहरी कर्मचारीको यदि आन्तरिक सांगठनिक कुनै पनि नराम्रो आचार र व्यवहारसम्बन्धी उजुरी छैन भने उनीहरुको पुर्नवहालीमा कुनै पनि समस्या आउने छैन ।     निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी बिष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदलाई प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।     यति धेरै हल्लाखल्ला र राजनीतिकरण समेत गरिएको निर्मला बलात्कार तथा हत्या काण्डको जग कति कमजोर पारिएको रहेछ भन्ने कुरा अहिले आएर खुलेको छ । यद्यपि सरकारका तर्फबाट उक्त घटनाबारे निरन्तर अनुसन्धान भइरहेको बताइएको छ ।      वर्तमान आईजीपी शैलेन्द्र थापा क्षेत्रीले भने अब यस घटनाको बारेमा सुरुदेखि अनुसन्धान थालेर टुंगोमा पुर्याउने आश्वासन दिएका छन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif