Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

कोरोनाबाट आज थप संक्रमित २७४ मृत्यु ३ जनाको


२०७७ श्रावण १५ गते , विहीवार प्रकाशित

      आज पनि नेपालका विभिन्न जिल्लाहरुमा गरेर थप २७४ जना मानिसमा कोरोनाभाइरस सङ्क्रमण र थप तीन जनाको मृत्यु भएको समेत पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण जानकारी  दिएको छ ।       यससँगै हालसम्म पुष्टि भएका कूल सङ्क्रमितको सङ्ख्या १९,५४७ पुगेको छ भने अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।       यसरी नै सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ ।  गएको २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म कूल् १४,२४८ जना यस रोगबाटमुक्त भएका छन् ।        मन्त्रालयको तथ्याङ्कअनुसार अझै पनि सक्रिय सङ्क्रमण भएका देशभरीका मानिसहरुको कूल संख्या ५,२२७ रहेको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif