Sunday, 09 August, 2020    |    २०७७ श्रावण २५ गते , आईतवार

नेकपा सत्ताधारीले निकास दिन सकेन – केन्द्रिय सदस्यद्वारा बैठकको माग


२०७७ श्रावण १५ गते , विहीवार प्रकाशित

 
काठमाडौं । पार्टी भित्रको बिबाद सुल्झिनुको सट्टा महिनौ दिनदेखि उल्झिदै गए पछि हिजो सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक माग गर्दै अध्यक्षद्वय — केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ — सँग  पत्र बुझाएका छन् ।     उनीहरुले हिजो पार्टीको मूख्यालय धुम्बाराही पुगेर  पार्टी कार्यालय सचिव श्रीराम ढकाललाई बुझाए । यसअघि नेताहरुले महासचिव विष्णु पौडेललाई पत्र बुझाउन तयारी गरेको भए पनि उनले  कार्यव्यस्तता देखाउँदै पार्टी कार्यालयमा उपस्थित नभएपछि केन्द्रिय सदस्यहरुल कार्यालय सचिव ढकाललाई पत्र बुझाएका थिए ।       पत्र बुझाउने नेकपा नेता हिमाल शर्मा, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाक्री, कुमार पौडेल, डा. विजय पौडेल, रचना खड्का लगायतका १५० नेताले हस्ताक्षर गरेका छन् । अन्य दुई नेतालेसमेत हस्ताक्षर गर्ने बताएका छन् ।       प्रधानमन्त्री ओली जारी स्थायी समिति बैठक रोकेर महाधिवेशनमा केन्द्रित भएको भन्दै केन्द्रीय सदस्यहरुले यो आपत्ति जनाएका पनि हुन् । नेकपाको विधान अनुसार २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरे एक महिनाभित्र बोलाउनुपर्ने हुन्छ । ४४१ केन्द्रीय सदस्यको २५ प्रतिशत ११२ जना भए पुग्छ ।     यद्यपि अझै यो  डबल नेकपा कता लाग्ने हो  अनिश्चित नै रहेको छ ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif