Tuesday, 11 August, 2020    |    २०७७ श्रावण २७ गते , मंगलवार

आज अन्तर्राष्ट्रिय बाघ दिवस !


२०७७ श्रावण १४ गते , बुधवार प्रकाशित

हरेक बर्ष २९ जुलाईका दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । भनिन्छ हाम्रो देशमा बाघको संरक्षणका लागि प्रति किलोमिटर झण्डै एकलाख जति खर्च गर्ने गरिन्छ । भारतको तुलनामा यो रकम ६ गुणाभन्दा बढी हो भन्ने तथ्यांकले दर्शाउदछ । भारतमा प्रतिकिलोमिटर दश हजार जति मात्र बाघ संरक्षणमा खर्च गर्ने गरिएको कुरा प्रकाशित छ ।

    बाघको संख्या घट्दै गएर संसारमै दुर्लभ जनावरको रुपमा पुगेको छ । यसो हुनुमा जंगलको बढ्दो बिनाश, बाघको लुकी चोरी शिकार र अन्तराष्ट्रिय स्तरमा बिक्री, प्रजननमा कमी र आवश्यक रेखदेख र अनुगमनको अभाव आदि कारण बताइन्छ । हुन पनि बाघका बिभिन्न अंग प्रत्यंगहरु लाखौको मूल्यमा बिक्री हुने गरेको जानकारहरु बताउँदछन् । बाघको हड्डी लगायत बिभिन्न अंगहरुबाट उच्च कोटीको मदीरा बनाइने गरिन्छ । जसले गर्दा जंगलका बाघको चोरी शिकार हुने कुरा मात्रै होइन कतिपय देशका सरकारी आरक्षणबाटै पनि बाघ हराउने गरेका छन् । बाघको मल, मुत्र, हड्डी, दूध, योनी, लिंग, पञ्जा आदि सबै अंगप्रत्यंगहरु घरेलु औषधीको रुपमा प्रयोगमा ल्याइने गरेको र त्यो सबैभन्दा बढी चीनमा उपयोग गरिने गरेको छ । भनिन्छ बाघको हड्डीबाट बनेको मदिरा बाथ र टाउको दुख्ने रोगका लागि धेरै लाभकारी हुन्छ ।   बाघको हड्डीको मूल्य मात्रै अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो रु.४०,००० देखि रु.५०,०००सम्ममा बिक्री हुने बताइन्छ । त्यसरी नै बाघको एकजोडी आँखाको मूल्य २५० देखि ५०० डलरसम्म पर्ने, एक बोतल रगतको २०० देखि ३५० हड्डीको मदिराको १५ हजार डलरसम्म पर्ने गरेको एउटा भारतीय तथ्यांकले दर्शाएको छ । बाघबाट बनेका यस्ता महत्वपूर्ण सामाग्रीहरु जापान, अमेरिका, दक्षिण कोरिया, बेलायत, क्यानाडा, हंङकङ सिंगापुर, थाइल्याण्ड लगायत बिशेषगरी बिश्वका  २७ देशमा निर्यात हुने गरेको बताइन्छ ।प्रष्ट छ, जुन बाघका शरीरका अंग अंग यत्तिका मूल्यावान छन् भने चोरी शिकारीबाट तिनलाई बचाउनु र  तिनको संख्यमा बृद्धि हुने अपेक्षा गर्नु चूनौतिपूर्ण कार्य हुनजान्छ । तर पनि जैब पर्यावरण सन्तुलन राख्न र बाघ सँस्कृतिको रक्षा गर्न यसको संरक्षण र सम्बद्र्धन आवश्यक छ ।
      नेपालमा भने बाघको संख्या केही बढेको तथ्यांक देखाइएको छ । जे जति बाघहरु छन् तिनको संरक्षण गर्न र प्रजननात्मक क्षमता बृद्धि गरेर दुर्लभ बाघको बृद्धि गर्न सके हाम्रो देशको जैब–पर्याबण सन्तुलन कायम गर्न पनि सकिने छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif